ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

कोशी प्रदेशमा २० लाखले मात्र गरे स्वास्थ्य बीमा

२०७९ चैत, २७  
कोशी प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar अभियान संवाददाता

विराटनगर । कोशी प्रदेशको जनसंख्या ४९ लाख ६१ हजार ४१२ रहेकोमा ४० दशमलव ५ प्रतिशत अर्थात् २० लाख ९ हजार ३३३ जनाले मात्र स्वास्थ्य बीमा गराएका छन् । त्यसमध्ये आधाभन्दा कमले मात्र यसमार्फत स्वास्थ्य सेवा लिने गरेका छन् ।

सेवा लिने बीमितहरू ९ लाख ७० हजार ९३३ जना रहेको स्वास्थ्य बीमा बोर्ड कोशी प्रदेशले बताएको छ । प्रदेशमा सबैभन्दा बढी स्वास्थ्य बीमा झापामा र कम सोलुखु्रम्बुमा भएको स्वास्थ्य बीमा बोर्ड कोशी प्रदेशका संयोजक अर्जुन पण्डितले जानकारी दिए । झापामा ६ लाख ३३ हजार ६५८ जनाले स्वास्थ्य बीमा गराएका छन् भने सोलुखुम्बुमा यस्तो संख्या १० हजार ४४५ रहेको छ ।

प्रदेशमा स्वास्थ्य बीमाको नवीकरणदर ७८ प्रतिशत छ । बीमा गरेकामध्ये अति गरीब २४ हजार २६०, ज्येष्ठ नागरिक १ लाख ९६ हजार ८३८, एचआईभी संक्रमित ३ हजार ४६१, अति अशक्त अपांगता भएका ४२ हजार ९१७ र कुष्ठरोगी १ हजार ४२ जना छन् । बीमा गराएकामध्ये सेवा लिनेहरू ७ लाख ७० हजार ९३३ जना छन् ।

बीमितबाट २ वर्षमा २ अर्ब ३३ करोड ५२ लाख ३० हजार रुपैयाँ संकलन भएको छ । प्रदेशमा ७८ ओटा सरकारी, चारओटा सामुदायिक र २३ ओटा निजी स्वास्थ्य सेवाबाट स्वास्थ्य बीमा सेवा प्रवाह गरिँदै आएको छ । यी स्वास्थ्य संस्थाबाट सेवा दिएबापत ३ वर्ष ९ महीनामा १० अर्ब ६५ करोड ६३ लाख ७३ हजार रुपैयाँ भुक्तानी भएको कार्यालयको तथ्यांक छ ।

सरकारले २०७२ चैत २५ गतेदेखि कैलालीबाट स्वास्थ्य बीमा कार्यक्रम शुरू गरेको हो । त्यसयता देशभरिमा कुल बीमित परिवार संख्या १९ लाख ९४ हजार ३३८ रहेका छन् । कुल बीमित जनसंख्या ६४ लाख ५४ हजार ७७२ रहेको स्वास्थ्य बीमा बोर्डले जानकारी दिएको छ । कुल बीमितमध्ये सेवा लिनेको संख्या ४४ प्रतिशत अर्थात् ८२ लाख ९३ हजार ५७२ रहेको छ । यस्तै नवीकरण गर्ने बीमित संख्या देशभरिमा ३८ लाख ७१ हजार ८५० रहेको छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)