ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

महेन्द्रनगर च्याप्टरको ‘एनओजी  राइड’ सम्पन्न

२०८० बैशाख, १३  
विविध सुदूरपश्चिम प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । नेपालका लागि टीभीएस मोटर कम्पनीको आधिकारिक वितरक जगदम्बा मोटर्सले महेन्द्रनगरमा एन्टर्क ओनर्स ग्रुप (एनओजी) राइड सम्पन्न गरेको छ ।

गत शनिवार आयोजना भएको राइड ‘महामाया  ट्रेड एण्ड सप्लायर्स’ महेन्द्रनगर कञ्चनपुरबाट शुरू भएर  ‘दोधारा अतिथि  रिसोर्ट’ पुगेर समापन भएको थियो । उक्त राइडका सहभागीबीच विभिन्न खेल समेत खेलाइएको थियो ।

\सहभागी राइडरलाई सहभागिताको प्रमाणपत्र प्रदान गरिनुका साथै अनुशासित राइडरलाई मेडल पनि प्रदान गरिएको थियो । करीब ५० जना राइडर सहभागी उक्त राइड सम्पूर्ण सुरक्षा सावधानीका साथ स्थानीय प्रशासनको अनुमति लिएर सञ्चालन गरिएको आयोजकले जानकारी दिएको छ । 
 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)