ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Saurya cement (riddhi siddhi)

मध्यविन्दु नगरपालिकामा जग्गा नापी शुरु, साढे ७ हजारभन्दा बढीले पूर्जा पाउने !

२०८० बैशाख, १९  
समाचार घरजग्गा
Jagdamba Supershine Image Not Found

परासी । नवलपरासी (बर्दघाट सुस्तापूर्व)को मध्यविन्दु नगरपालिकामा भूमिसम्बन्धी समस्या समाधानका लागि जग्गा (Land) नापी शुरु भएको छ । नगरपालिकाको वडा नं १ सेतापानीबाट नापीको काम शुरु भएको हो । नगरपालिकाको नापी टोलीले जग्गा नापजाँचको काम शुरु गरेपछि स्थानीय बासिन्दाले खुसी व्यक्त गरेका छन् ।

सेतापानीमा विसं २०६१/६२ मा बस्ती बसेको थियो । धेरैपटक आश्वासन पाए पनि अहिले नापीको काम शुरु हुँदा अब जग्गाधनी पुर्जा पाउने विश्वास भएको स्थानीय यादवकुमारी महतोले बताइन् । मध्यविन्दु नगरपालिका–२ को सेहरीमा नारायणी नदीले जग्गा कटान गरेपछि सुरक्षित स्थानको खोजीमा सेतापानी पुगेकी महतोले विगतमा बस्ती बस्दा गर्नुपरेको सङ्घर्ष निकै कहालीलाग्दो भएको स्मरण गरिन् । 

‘स्याउलाले बारेर घर बनाएको कहिले भत्काउने, कहिले आगो लगाउने, द्वन्द्वकाल थियो निकै डर लाग्थ्यो’, उनले भनिन्, ‘के गर्ने उता नारायणीले बगायो । यही सबै सहेर बसेको, अब त नापीको काम शुरु भयो । मेयरसरहरू पनि आउनुभएको छ । अबचाहिँ जग्गा पाउँछ भन्ने विश्वास लागेको छ ।’

स्थानीय लक्ष्मी विकले जग्गाधनी पुर्जा नहुँदा निकै समस्या भोगेको जनाउँदै अब सजिलो हुने बताइन् । १९ वर्षदेखि बस्दै आएको जमिनको पुर्जा आउने थाहा पाउँदा खुसी लागेको स्थानीय राधिका चौधरीले सुनाइन् । 

भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोवासीलाई जग्गाधनी प्रमाणपत्र उपलब्ध गराउन राष्ट्रिय भूमि आयोग जिल्ला समितिसँगको सहकार्यमा नापीको काम शुरु भएको मध्यविन्दु नगरपालिकाका प्रमुख भीमलाल अधिकारीले जानकारी दिए ।  

‘नगरपालिकाको सबैभन्दा बढी भूमिसम्बन्धी समस्या रहेको मध्यविन्दु–१ को सेतापानीबाट नापीको काम शुरु गरिएको छ’, उनले भनिन्, ‘जहाँ ४० भूमिहीन दलित, ७३ भूमिहीन सुकुम्बासी र ६४३ अव्यवस्थित बसोवासीले समास्या समाधानका लागि फारम भरेका छन् ।’

मध्यविन्दु–१ बाट शुरु भएको नापीको कामलाई थप जनशक्तिको व्यवस्थापन गरी अन्य वडाबाट समेत गरी दुई स्थानबाट एकैसाथ अगाडि बढाउने योजनामा नगरपालिका रहेको नगरप्रमुख अधिकारीले बताए । लामो समयदेखि राजनीतिक मुद्दामा सीमित बनेको भूमिसम्बन्धी समस्या समाधानको चरणमा प्रवेश गरेको अधिकारीको भनाइ छ ।  

जग्गा नापीको काम भइरहँदा हुनसक्ने समस्या समाधानका लागि स्थानीयस्तरमा सहजीकरण समिति गठन गरिएको वडाध्यक्ष तिलकराम न्यौपानेले बताए । 

विभिन्न स्थानमा प्वाइन्ट निर्धारण गरेर नापीको काम शुरु भएको अमिन सरोजप्रसाद कुशवाहले बताए । ‘जग्गाको भौगलिक बनावट, जग्गाको साँधियारबीचको समझदारीलगायतका आधारमा जग्गा नापजाँचका लागि कति दिन लाग्ने भन्ने निर्धारण हुने छ’, उनले भने । 

मध्यविन्दु नगरपालिकाले जग्गा नापजाँचका लागि राष्ट्रिय भूमि आयोगबाट प्राप्त जनशक्तिसँगै स्थानीयस्तरमा सर्वेक्षकसहितको प्राविधिकसमेत नियुक्त गरी जग्गा नापजाँचको काम अगाडि बढाएको प्रमुख प्रशासकीय अधिकृत ज्ञानुप्रसाद पनेरुले बताए । मध्यविन्दु नगरपालिकामा २६४ भूमिहीन दलित, १ हजार १३२ भूमिहीन र ६ हजार २७२ अव्यवस्थित बसोबासी गरी ७ हजार ६६८ जनाले पूर्जाका लागि फारम भरेका छन् । सबै प्रक्रिया पूरा भए यी सबैले जग्गाधनी पूर्जा पाउनेछन् । रासस

Neco insurance LimitedAarthik Abhiyan Viber Community

थप समाचार

प्रतिक्रिया [0]

   

Jagdamba SupershineSunrise BankNepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)