ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Saurya cement (riddhi siddhi)

नेपाल जग्गा तथा आवास विकास संघको अध्यक्षमा विदुर धमला निर्वाचित, यस्तो बन्यो नयाँ कार्यसमिति

२०८० बैशाख, २०  
घरजग्गा
Jagdamba Supershine Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । नेपाल जग्गा तथा आवास विकास संघ (NLHDA) को अध्यक्षमा विदुर धमला चयन भएका छन् । उनी रियल इस्टेट कम्पनी एस. बी. प्रा. लि. का पनि अध्यक्ष हुन् ।

संघको १६ औं साधारण सभामा आगामी दुई वर्षका लागि धमला अध्यक्ष पदमा निर्विरोध निर्वाचित भएको संघले जानकारी दिएको छ ।

वैशाख २० गते काठमाडौंमा सम्पन्न १६ औं साधारण सभाले अध्यक्षसहित ७ जना पदाधिकारी र ७ जना सदस्य सबै निर्विरोध निर्वाचित गरेको हो ।

नवनिर्वाचित अध्यक्ष धमलाको नेतृत्वको नयाँ कार्य समितिमा प्रथम उपाध्यक्ष सी.डी. डेभलपर्स प्रा. लि. का दिपक कुवर, द्वितीय उपाध्यक्षमा कन्टिनेन्टल डेभलपर्स प्रा.लि. का पुरुषोत्तम पौड्याल, तृतीय उपाध्यक्षमा सनराईज डेभलपर्स प्रा. लि. का सुमितकुमार अग्रवाल, महासचिवमा इस्टेट गुरु प्रा. लि. का रोशन भोयद्यो, सचिवमा निलगिरी हाउजिङ्ग प्रा. लि. का गोविन्दप्रसाद लोहनी र कोषाध्यक्षमा अधिकारी बिल्डर्स प्रा. लि. का तुलसीप्रसाद अधिकारी चुनिएका छन् ।

यसैगरी कार्य समितिको ७ जना सदस्यमा बहादुरकृष्ण ताम्राकार, दिपक मलहोत्रा, पूर्णिमा राजभण्डारी, निश्चलबहादुर श्रेष्ठ, बरुणकुमार आचार्य, डेगेन्द्रकुमार श्रेष्ठ, मुनसन वाग्ले चुनिएका छन् ।

उद्घाटन सत्रमा संघका अध्यक्ष इच्छाबहादुर वाग्लेले आफ्नो कार्यकालमा भएको कार्य विवरण प्रस्तुत गर्दै नीति निर्माण तहमा सच्चा व्यवसायिक व्यक्तिहरुको उपस्थिति हुन आवश्यक भएको बताए ।

उद्योग व्यवसायका सम्पूर्ण वस्तुगत क्षेत्रमा नै चर्को ब्याजको प्रभावले ८०% व्यवसायीहरू प्रभावित भएको, बैंक वित्तीय प्रणालीमा अर्थ मन्त्रालयले हस्तक्षेप गरी लगानीमैत्री बैंकिङ्ग प्रणाली सृजना गरी दिनुपर्ने, कित्ताकाट तत्काल पूर्व अवस्थामा फर्काइनुपर्ने, नेपाल जग्गा तथा आवास महासंघले चाल्ने कदममा आफू संधै सहयोगी रहने पनि उनले बताए ।

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले प्रमुख अतिथिको रुपमा संघको १६ औं साधारण सभाको उद्घाटन गर्दै रियल इस्टेट (Real Estate) व्यवसायीहरुको माग सम्बोधन गर्न प्रयासरत रहने र हालको बजार संकुचन हटाउन पहल गर्ने बताए ।

उनले नयाँ कानून तथा नीति जारी गर्नु भन्दा पहिले सोसँग सम्बन्धित सरोकारवालाहरुसँग छलफल गरेर जारी गरे मात्र त्यस्ता कानून तथा नीतिहरु कार्यान्वयन गर्न सहज हुने र सरकारले स-साना उपकरणहरुको प्रयोग गरेर पनि जन विश्वास आर्जन गर्न सक्ने बताए ।

त्यसैगरी विशिष्ठ अतिथि महासंघका वरीष्ठ उपाध्यक्ष अन्जन श्रेष्ठले नेपाल राष्ट्र बैंकले अर्थतन्त्र संकुचन नहुने नीति अवलम्बन गर्नुपर्ने, सरकारले नीति जारी गर्दा व्यवसायीहरुलाई हैरानी दिन नहुने, घरजग्गाको व्यवसाय अनुत्पादक क्षेत्र नभएकोले यसलाई चलायमान बनाउनु पर्ने धारण राख्दै एफएनसीसीआई संघसँग हातेमालो गर्दै अगाडि बढ्ने बताए ।

विशेष अतिथिको रुपमा उपस्थित एफएनसीसीआईका वस्तुगत उपाध्यक्ष हेमराज ढकालले सरकार तथा नेपाल राष्ट्र बैंकको नीतिले गर्दा घरजग्गा मात्र नभई उपभोग्य सामान उत्पादन गर्ने सबै उद्योगहरु प्रभावित भएकोले एकीकृतरुपमा अर्थ सम्बन्धी समस्या समाधान गर्नुपर्नेमा जोड दिए । उनले निजी क्षेत्रमा अख्तियार पस्ने कुरामा रोक लगाउनुपर्ने पनि बताए ।

नेपाल जग्गा तथा आवास विकास महासंघका अध्यक्ष भेषराज लोहनीले एकल ब्याजदर कायम गर्नुपर्ने र लोन टु भ्यालु रेसियो बढाउनुपर्ने धारणा राख्दै महासंघले पनि संघसँग समन्वय राखी सहकार्य गर्ने बताए ।

संघको संस्थापक अध्यक्ष तथा सीमाविद् बुद्धिनारायण श्रेष्ठले रजिष्टर्ड व्यवसायीले मात्र घरजग्गाको कारोबार गर्न पाउने व्यवस्था गर्नुपर्ने र सबै व्यवसायी गोलबद्ध हुनुपर्ने बताए ।

साधारण सभामा संघको कार्य समितिका पूर्वपदाधिकारी तथा सदस्यहरु, संघका संस्थापक, आजीवन तथा साधारण सदस्यहरु लगायतका व्यक्तिहरुको उपस्थिति रहेको थियो ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community

थप समाचार

प्रतिक्रिया [0]

   

Jagdamba SupershineSunrise BankNepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)