ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Saurya cement (riddhi siddhi)

धुलिखेल अस्पताललाई रोटरीको मोबाइल एक्स–रे तथा ईसीजी मेसिन सहयोग

२०८० बैशाख, २१  
समाचार स्वास्थ्य र जीवन शैली
Jagdamba Supershine Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । रोटरी क्लब अफ गोंगबु काठमाडौंले धुलिखेल अस्पताललाई मोबाइल एक्स–रे तथा ईसीजी मेसिन उपलब्ध गराएको छ । ग्लोबल ग्राण्डअन्तर्गत युरोपियन स्ट्यान्डर्डका उक्त मेसिन बुधवार अस्पताललाई हस्तान्तरण गरिएको क्लबकी पूर्व अध्यक्ष कविता मानन्धरले जानकारी दिइन् । 

उक्त मेसिन क्लबले रोटरी क्लब अफ धुलिखेलसँगको समन्वय तथा अष्ट्रेलियाको रोटरी क्लब अफ पोर्ट म्याक्यूअरी र रोटरी डिस्ट्रिक्ट ९६५० को सहयोगमा उपलब्ध गराइएको उनले बताइन् ।
बिरामीको चाप धेरै भएको र आकस्मिक रूपमा एक्स–रे सुविधा दिन गाह्रो भएको बेला मोबाइल एक्स–रे तथा ईसीजी मेसिनले धेरै सहयोग पुग्ने अस्पतालका रेडियोलोजिस्ट प्रमुख प्राडा. सुपेन्द्र कार्कीले बताए ।

‘वार्डबाट बिरामीलाई एक्स–रे रुमसम्म पुराउन गाह्रो हुने समस्या थियो, पोर्टेबल एक्स–रे मेसिन भएपछि बिरामी भएकै ठाउँमा पुगेर एक्स–रे सेवा दिँदा अब सेवा थप प्रभावकारी बन्छ,’ उनले भने ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Jagdamba SupershineSunrise BankNepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)