ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Saurya cement (riddhi siddhi)

ई–सेवाले ल्यायो ‘एकमा चार अफर’

२०८० बैशाख, २२  
विविध प्रविधि उपभोक्ता
Jagdamba Supershine Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । ई–सेवाले ‘एकमा चार अफर’ सार्वजनिक गरेको छ । यस अफरअन्तर्गत दैनिक रू. १ भन्दा कम रुपैयाँमै आफूसहित अन्य चार जना आफन्त तथा साथीको पूर्ण हेल्थ केयर सुविधा खरीद गर्न सकिने बताइएको छ ।

यस अफरमा सहभागी हुन दैनिक रू. १ भन्दा कम अर्थात् वार्षिक रू. ३६० भुक्तानी गर्नुपर्नेछ । यस्तै परिवारका सदस्यलाई समावेश गर्नुपरेमा हरेक सदस्यको वार्षिक रू. २७० शुल्क लाग्नेछ । त्यसैगरी आफूसहित साथीलाई समावेश गर्नुपरेमा एक जना साथीको वार्षिक रू. ३६० शुल्क भुक्तानी गर्नुपर्ने कम्पनीको भनाइ छ । कम्पनीले हिमालयन एभरेष्ट इन्स्योरेन्ससँगको सहकार्यमा यो सुविधा ल्याएको हो । 

यस सुविधा प्रयोग गर्नका लागि ई–सेवाको मोबाइल एपमा गई ई–सेवा केयर सेवाअन्तर्गत यो प्याकेज खरीद गर्न सकिने कम्पनीले जानकारी दिएको छ । यसबाट विभिन्न स्वास्थ्य सेवाका साथै स्वास्थ्य बीमा प्याकेज र दुर्घटना बीमाको सुविधा लिन सकिने बताइएको छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Jagdamba SupershineSunrise BankNepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)