ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

सुपर दोर्दी ‘ख’ जलविद्युत् आयोजनाबाट व्यावसायिक उत्पादन शुरू

२०८० बैशाख, २४  
समाचार विकास गण्डकी प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
फाइल फोटो
author avatar अभियान संवाददाता

काठमाडौं। लमजुङको दोर्दी खोलामा निर्माण सम्पन्न भएको सुपर दोर्दी ‘ख’ जलविद्युत् आयोजनाले शनिवारदेखि व्यावसायिक उत्पादन शुरू गरेको छ ।

पिपुल्स हाइड्रोपावर कम्पनीद्वारा प्रवद्र्धित ५४ मेगावाटको उक्त आयोजनाले परीक्षणपछि व्यापारिक उत्पादन शुरू गरेको आयोजनाका निर्देशक अर्जुन गौतमले जानकारी दिए । उनका अनुसार परीक्षण प्रसारण सकेर शनिवारदेखि आयोजनाको बिजुली राष्ट्रिय प्रणालीमा जोडिएको छ ।

नेपाल विद्युत् प्राधिकरण भार प्रेषण केन्द्रका प्रमुख सुरेश भट्टराईका अनुसार शनिवारदेखि राष्ट्रिय प्रसारण लाइनमा ५४ मेगावाट थपिएसँगै नेपालको जलविद्युत्को कुल जडित क्षमता २ हजार ७०० मेगावाट पुगेको छ । २०७४ सालमा शुरू भएको आयोजनाको निर्माण २०७८ सालमा सम्पन्न गर्ने लक्ष्य राखिएको थियो । तर, कोरोना महामारी, दोर्दी खोलामा आएको बाढी लगायत कारण निर्माणमा ढिलाइ भएको आयोजनाका निर्देशक गौतमले जानकारी दिए ।

लमजुङको दोर्दी गाउँपालिकामा निर्माण भएको यो आयोजनाबाट हिउँदमा ५३ दशमलव शून्य ३ गिगावाट आवरसहित वार्षिक ३१४ दशमलव ९८ गिगावाट आवर विद्युत् उत्पादन गर्ने लक्ष्य राखिएको छ । २०७१ सालमा नेपाल विद्युत् प्राधिकरण र आयोजनाबीच विद्युत् खरीद विक्री सम्झौता भएको थियो।
 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)