ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Saurya cement (riddhi siddhi)

भारतको सहयोगमा वैदेशिक रोजगार स्मार्ट कार्ड

२०८० बैशाख, २८  
१० वर्ष अघि
Jagdamba Supershine Image Not Found
author avatar अभियान संवाददाता

श्रम तथा यातायात व्यवस्था मन्त्रालयले वैदेशिक रोजगारीमा जाने कामदार परिचयपत्र (स्मार्टकार्ड) बनाउन भारतको सहयोग लिने भएको छ ।

स्मार्ट कार्डमा राखिने सुविधा, कार्डको प्रकार तथा प्रयोगबारे अनभिज्ञताका कारण भारत सरकारको सहयोग लिन लागिएको श्रम तथा यातायात व्यवस्था मन्त्रालयका सहसचिव दीपक सुवेदीले अभियानलाई बताए । ‘अहिले भारत सरकारले गरीबीको रेखामुनि रहेका जनताको बीमाका लागि स्मार्ट कार्ड वितरण गरेको छ, त्यसकै अध्ययन गरेर हामी स्मार्ट कार्ड बनाउँछौं,’ उनले भने । 

स्मार्ट कार्डका सम्बन्धमा यही कात्तिक १२ गते भारतको सिमला शहरमा कार्यशाला गोष्ठी गर्न लागिएको सुवेदीले बताए । नेपाली प्रतिनिधि मण्डल र भारत सरकार सम्बद्ध पदाधिकारीबीच हुने गोष्ठीमा नेपालको तर्फबाट वैदेशिक रोजगार विभागका महानिर्देशक, श्रम तथा यातायात व्यवस्था मन्त्रालयका सहसचिव, वैदेशिक रोजगार प्रवद्र्धन बोर्डका कार्यकारी रहनेछन् ।

स्मार्ट कार्डका विषयमा १ दिन छलफल हुने युनिफेमका क्षेत्रीय कार्यक्रम व्यवस्थापक सरु जोशी श्रेष्ठले जानकारी दिइन् । ‘स्मार्ट कार्डको सहायताले कार्ड लिने मानिसको परिवारको सम्पूर्ण विवरण सम्बद्ध सरकारले थाहा पाउन सक्छ । नेपालमा पनि वैदेशिक रोजगारीमा जाने कामदारलाई त्यस्तै खालको कार्ड वितरण गर्नुपर्छ ।’ उनले भनिन् ।

स्मार्ट कार्डलाई श्रम तथा यातायात व्यवस्था मन्त्रालयले असोजदेखि नै लागू गर्ने भने पनि वैदेशिक रोजगार व्यवसायीहरूको विरोधका कारण यो योजना अन्योलमा परेको छ । 
वर्ष ६, अंक ४०, सोमवार, ८ कात्तिक, २०६७
 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Jagdamba SupershineSunrise BankNepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)