ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

सुनको मूल्य स्थिर, चाँदी भने घट्यो

२०८० बैशाख, २८  
बजार उपभोक्ता
Aarthik Abhiyan 18th Anniversary Image Not Found
फोटो : सुनिल शर्मा/ आर्थिक अभियान
author avatar अभियान संवाददाता

काठमाडौं । नेपाली बजारमा बिहीवार सुनको मूल्य स्थिर रहेको छ । अघिल्लो दिन प्रतितोला ४०० रुपैयाँले बढेको सुन आज भने स्थिर रहेको हो । 

नेपाल सुनचाँदी व्यवसायी महासघंका अनुसार आज सुन तोलाको १ लाख ११ हजार ६०० रुपैयाँमा कारोबार भएको छ । अघिल्लो दिन अर्थात बुधवार पनि सुन प्रतितोला १ लाख ११ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो । 

त्यसैगरी, लगातार पाँच दिनदेखि स्थिर रहेको चाँदी आज घटेको छ । महासघंका अनुसार आज चाँदी प्रतितोला १५ रुपैयाँले घटेर १ हजार ४३० रुपैयाँमा कायम भएको छ । अघिल्लो दिन चाँदी १ हजार ४४५ रुपैयाँमा कारोबार भएको थियो । 

अन्तरराष्ट्रिय बजारमा भने आज सुनको मूल्य घढ्दो क्रममा छ । आज (नेपाली समय अनुसार बिहान १०:५९ बजे) न्यूयोर्क मर्कन्टाइल एक्सचेञ्जको कोमेक्स डिभिजनमा स्पट गोल्डको मूल्य प्रतिऔंस २ हजार ३० डलर पुगेको छ । अघिल्लो कारोबार दिन (बुधवार) स्पट गोल्डको मूल्य प्रतिऔंस २ हजार ३१ डलरमा बन्द भएको थियो ।

त्यसैगरी, आज डलरको मूल्य घटेको छ । आज एक अमेरिकी डलरको (Dollar) विक्रीदर १३१ रूपैयाँ ४८ पैसा कायम भएको छ । अघिल्लो दिन‌ १ अमेरिकी डलर १३१ रूपैयाँ ५७ पैसामा कारोबार भएको थियो ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)