ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Saurya cement (riddhi siddhi)

हेटौंडा कपडाको जग्गा नयाँ उद्योगलाई बेचिँदै

२०८० बैशाख, २९  
१० वर्ष अघि
Jagdamba Supershine Image Not Found

लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगको जग्गा हेटौंडा औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले किन्ने भएको छ । हेटौंडा औद्योगिक क्षेत्रमा नयाँ उद्योग स्थापनाका लागि जग्गा अभाव भएका कारण हेटौंडा कपडा उद्योगको जग्गा किन्न लागिएको औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयका कामु प्रबन्धक रामकुमार मण्डलले अभियानलाई बताए ।

‘हेटौंडा कपडा उद्योग खारेज भएर त्यसको अचल सम्पत्ति सरकारी स्वामित्वमा आइसकेकाले जग्गा किन्नका लागि पहल थालिएको हो,’ कामु प्रबन्धक मण्डलले भने, ‘कपडा उद्योगको जग्गा किन्न सकियो भने थुप्रै उद्योग स्थापनाका लागि जग्गा उपलब्ध गराउन सकिन्छ ।’

मन्त्रिपरिषद्ले हेटौंडा कपडा उद्योग खारेज गर्ने निर्णय पछिल्लो पटक एक वर्षअगाडि गरेको थियो । खारेज कपडा उद्योगको स्वामित्वमा २ सय ६० रोपनी जग्गा छ । सरकारी मूल्यांकनअनुसार जग्गा खरीद गर्न सकिए १० भन्दा बढी उद्योग स्थापनाका लागि सहज हुने प्रबन्धक मण्डलको भनाइ छ । ‘अर्थ मन्त्रालयसँग स्वीकृति लिने पहल केन्द्रबाटै भइरहेको छ,’ मण्डलले भने, ‘पहल सफल हुनेमा आशावादी छौं ।’

सशस्त्र द्वन्द्वको अन्त्यपछि हेटौंडा औद्योगिक क्षेत्रमा नयाँ उद्योग थपिने क्रम बढ्दै जाँदा जग्गाको अभाव भएको हो । अहिले ५७ वटा उद्योग औद्योगिक क्षेत्रभित्र सञ्चालनमा छन् । 
वर्ष ६, अंक ४०, सोमवार, ८ कात्तिक, २०६७

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Jagdamba SupershineSunrise BankNepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)