ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Saurya cement (riddhi siddhi)

आरजु राइस मिलको जीरा मसिनो र लङग्रेन चामल बजारमा

२०८० बैशाख, २९  
उपभोक्ता
Jagdamba Supershine Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । बुद्ध एयरका सञ्चालक वीरेन्द्रबहादुर बस्नेतले मोरङमा स्थापना गरेको आरजु राइस मिलले जीरा मसिनो र लङग्रेन चामल बजारमा ल्याएको छ ।

विदेशी चामल आयातमा भइरहेको बढ्दो व्यापार घाटा कम गर्ने तथा निर्वाहमुखी किसानको जीवन रूपान्तरण गर्ने उद्देश्य राखेर चामल उत्पादन गरिएको बताइएको छ ।

मोरङको बेलबारीमा स्थापना भएको आरजु राइस मिलद्वारा उत्पादित दुई किसिमका चामल पहिलो चरणमा काठमाडौंका लागि विक्री गर्ने लक्ष्यस्वरूप सार्वजनिक गरिएको छ । आरजु लङग्रेन चामल प्रतिकेजी १३० रुपैयाँ र जीरा मसिनो चामल १०० रुपैयाँ किलोको दरमा २०/२० किलोग्राम प्याकमा काठमाडौं उपत्यकामा ल्याइएको छ ।

यो मिलले मोरङका किसानले ४ हजार बिघामा उत्पादन गर्ने धान खरीद गर्दै त्यसलाई आरजु ब्रान्डमा बजारमा ल्याएको बताइएको छ । यो कम्पनीले नेपाली किसानबाहेक अन्यत्रबाट धान खरीद नगर्ने बताएको छ । बस्नेतले बजारमा उपलब्ध हुने लङग्रेनको दाँजोमा यो कनिकारहित, शून्य दशमलव ५ मिलिमिटर लामो र स्वादिलो हुने बताए । 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Jagdamba SupershineSunrise BankNepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)