ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Saurya cement (riddhi siddhi)

गोबर ग्यास निर्माण गर्ने उपभोक्ता बढे 

२०८० बैशाख, ३०  
१० वर्ष अघि
Jagdamba Supershine Image Not Found
author avatar अभियान संवाददाता

तीन वर्षयता सुदूरपश्चिमको कैलाली र  कञ्चनपुर जिल्लाका ग्रामीण भेगमा जैविक ऊर्जामा आधारित गोबरग्यास तथा बायोग्यासको लोकप्रियता निकै बढेको छ । ती दुई जिल्लामा मात्रै अहिलेसम्म १७ हजार ४ सय १९ गोबरग्यास प्लाण्ट निर्माण भइसकेको घरेलु गोबरग्यास तथा प्रविधि विकास कम्पनीका प्रमुख वेदप्रकाश पाण्डेले बताए । 

त्यसमध्ये कैलालीमा ९ हजार ८ सय ७७ र कञ्चनपुरमा ७ हजार ५ सय ४२ गोबरग्यास छन् । कैलाली जिल्लाको हसुलिया गाविस भने बायोग्यास नमूना गाउँका रूपमा स्थापित भएको छ । 

कम्पनीका अनुसार सेती र महाकाली अञ्चलका पहाडी जिल्लामा पनि क्रमिक रूपमा गोबरग्यासको लोकप्रियता बढिरहेको छ । अहिलेसम्म ती दुई अञ्चलका डँडेलधुरा, बैतडी, डोटी, दार्चुला, अछाम, बझाङ र बजारमा गरी ५ सय ३४ गोबरग्यास प्लाण्ट निर्माण भइसकेको पनि सो कम्पनीले बताएको छ । 

घरमै पालिएका गाई, भैंसीको गोबरको प्रयोगबाट यस्तो ग्यास बनाइने हुनाले कृषहरूलाई निकै सजिलो भएको छ । विशेषगरी इन्धनको अभाव र मूल्यवृद्धि झेलिरहनुपर्ने उपभोक्ताहरू गोबरग्यास प्लाण्टको स्थापनापछि आफूहरूलाई आर्थिक रूपमा पनि निकै लाभ भएको बताउँछन् । गेटा गाविस–३ का लालप्रसाद चौधरीले आफूले एक वर्षदेखि गोबरग्यास प्लाण्टबाट खाना पकाउने गरेको बताए । 
वर्ष ६, अंक ४०, सोमवार, ८ कात्तिक, २०६७

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Jagdamba SupershineSunrise BankNepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)