काठमाडौं । नेपालको जनगणना २०७८ को पूर्ण विवरण आएसँगै नेपालको अर्थतन्त्रलाई निर्धारण गर्ने पक्षहरूका आँकडा सार्वजनिक हुन थालेका छन् ।
यस जनगणनाको हालै सार्वजनिक तथ्यांकअनुसार नेपालमा आर्थिक रूपले सक्रिय १० वर्ष वा सोभन्दा बढी उमेर भएको जनसंख्या पनि एक महत्वपूर्ण पाटोको रूपमा रहिआएको छ । नेपालको जनगणना २०७८ का अनुसार नेपालमा यस उमेर समूहका आर्थिक रूपले सक्रिय जनसंख्या १ करोड ४९ लाख ८३ हजार ३१० रहेको छ ।
उक्त जनसंख्यामध्ये ३ दशमलव ८६ प्रतिशतको प्रमुख पेशाको रूपमा अन्य सेवा पेशा रहेको छ । कुल पुरुषमा ३ दशमलव ११ प्रतिशत अन्य सेवा पेशामा आबद्ध छन् भने कुल महिलामध्ये ४ दशमलव ७० प्रतिशत यो पेशामा आबद्ध रहेको पाइन्छ ।
शहरमा अन्य सेवा पेशामा आबद्ध जनसंख्याको हिस्सा ४ दशमलव ६९ प्रतिशत रहेको छ भने यो हिस्सा गाउँपालिकामा २ दशमलव ४० प्रतिशत रहेको छ । हिमालमा यो पेशामा आबद्ध जनसंख्याको हिस्सा १ दशमलव ७५ प्रतिशत, पहाडमा ३ दशमलव ८९ प्रतिशत र तराईमा ४ दशमलव १३ प्रतिशत छ ।
प्रदेशगत रूपमा हेर्दा कोशी प्रदेशमा अन्य सेवा पेशामा आबद्ध जनसंख्याको हिस्सा २ दशमलव ७५ प्रतिशत, मधेश प्रदेशमा ५ दशमलव १७ प्रतिशत, बागमती प्रदेशमा ५ दशमलव ७६ प्रतिशत, गण्डकी प्रदेशमा ३ दशमलव १९ प्रतिशत र लुम्बिनी प्रदेशमा ३ दशमलव ३१ प्रतिशत रहेको छ । यसैगरी कर्णाली र सुदूरपश्चिम प्रदेशमा अन्य सेवा पेशामा आबद्ध जनसंख्याको हिस्सा क्रमशः २ दशमलव शून्य १ प्रतिशत र २ दशमलव ३२ प्रतिशत रहेको छ ।