ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

प्रदेशको आर्थिक नीति सुधार्ने गरी काम गर्ने प्रदेशमन्त्री आलेको प्रतिबद्धता

२०८० बैशाख, ३०  
समाचार गण्डकी प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found

तनहुँ । गण्डकी प्रदेशका नवनियुक्त आर्थिक मामिलामन्त्री जितप्रकाश आलेले प्रदेशको खस्कँदो आर्थिक नीति सुधार्ने गरी काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

शुक्रबार पदभार ग्रहण गरेपछि तनहुँ आएका मन्त्री आलेले नेपाली कांग्रेस तनहुँले आयोजना गरेको बधाई तथा सम्मान कार्यक्रममा आफ्नो कार्यकालमा प्रदेशवासीको आर्थिक सुधारको कार्यक्रम नै मुख्य प्राथमिकतामा पर्ने बताए । ‘अहिले मुलुकको आर्थिक अवस्था खस्कँदो छ ।

प्रदेशको आर्थिक अवस्थालाई सुधार गर्नु मेरो पहिलो प्राथमिकता हुनेछ,’ उनले भने । मन्त्री आलेले आफूले जिल्ला र प्रदेशका जनतामाथि विश्वासघात नगर्ने बताउँदै नागरिकको हितलाई केन्द्रमा राखेर इमान्दारीपूर्वक मन्त्रालयको क्षेत्राधिकारलाई सदुपयोग गरी काम गर्ने प्रतिबद्धता व्यक्त गरे । उनले प्रदेशको आगामी बजेटमा जनमैत्री कार्यक्रम पर्ने उल्लेख गरे । 

कार्यक्रममा नेपाली कांग्रेस केन्द्रीय सदस्य शंकर भण्डारी, व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपाने, नेपाली कांग्रेस तनहुँका उपसभापति राजेन्द्रकृष्ण श्रेष्ठलगायतले प्रदेशको खस्कँदो आर्थिक अवस्थालाई सुधारेर जनताको मन जित्ने कार्यमा जुट्न सुझाव दिएका थिए । -रासस

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)