ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Saurya cement (riddhi siddhi)

वैदेशिक रोजगारमा गएकाले महसुल नतिरी दुईओटा मोबाइल फोन ल्याउन पाउने !

२०८० बैशाख, ३१  
समाचार प्रविधि
Jagdamba Supershine Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । वैदेशिक रोजगारमा गएका नेपालीले महसुल नतिरी दुईओटा मोबाइल फोन ल्याउन पाउने भएका छन् । 

मन्त्रिपरिषदको निर्णयपछि भन्सार विभागले आइतवार सूचना प्रकाशित गर्दै वैदेशिक रोजगारमा गएका नेपालीले मात्र भन्सार महसुल नतिरी आफूसँग भएकोमा थप १ थान मोबाइल फोन ल्याउन पाउने जानकारी दिएको हो । तर, श्रम स्वीकृति लिएर वैदेशिक रोजगारमा गई कम्तीमा लगातार ६ महीना काम गरी फर्केको नेपाली नागरिकको हकमा मात्र यो प्रावधान लागू हुनेछ । 

यही वैशाख २६ गतेको मन्त्रिपरिषद् बैठकले आफूसँग भएकोमध्ये थप १ थान मोबाइल फोन ल्याएमा महसुल नलाग्ने निर्णय गरेको विभागले जानकारी गराएको छ । तर, भन्सारको प्रक्रिया पूरा गर्नुपर्ने विभागका सूचना अधिकारी पुण्य विक्रम खड्काले जानकारी दिए । उनका अनुसार यसरी विदेशबाट थप १ थान मोबाइल ल्याउनेले प्रज्ञापनपत्र लिनुपर्छ । 

यात्रुहरूले आफ्नो साथमा ल्याउन र लैजान पाउने निजी प्रयोगका मालवस्तु सम्बन्धी आदेश, २०७७ मा विदेशबाट फर्कने यात्रुहरूले आफूले प्रयोग गरिरहेको १ थान मोबाइल फोन महसुल नतिरी ल्याउन पाउने व्यवस्था छ । 

नेपालमा मोबाइल फोनको नियमन गर्न नेपाल दूरसञ्चार प्राधिकरणले MDMS (Mobile Device Management System) कार्यान्वयनमा ल्याएको र उक्त प्रणालीमा समावेश नभएको मोबाइल फोन सञ्चालन हुन नसक्ने भन्सार विभागले जानकारी गराएको छ । 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Jagdamba SupershineSunrise BankNepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)