ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Saurya cement (riddhi siddhi)

यस कारण बढ्यो राधी विद्युत कम्पनीको नाफा

२०८० बैशाख, ३१  
लगानी
Jagdamba Supershine Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । राधी विद्युत कम्पनी लिमिटेडले चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ ।

विवरणअनुसार कम्पनीको खुद नाफा गत आवको तेस्रो त्रैमासको तुलनामा चालू आवको सोही अवधिमा ८३ दशमलव ७७ प्रतिशत वृद्धि भएको छ । गत आवमा कम्पनीले रू.४ करोड ७१ लाख नाफा कमाएकोमा चालू आवको सोही अवधिमा बढेर रू. ८ करोड ६४ लाख पुगेको हो ।

चालू आवमा कम्पनीको वित्तीय आम्दानीमा वृद्धि भएकाले नाफा बढ्न टेवा पुगेको हो । गत आवमा कम्पनीको वित्तीय आम्दानी रू. २२ लाख २६ हजार रहेकोमा चालू आवमा बढेर रू. ४ करोड ७७ लाख पुगेको छ । 

कम्पनीले गत आवमा विद्युत् विक्रीबापत रू. १० करोड ९३ लाख आम्दानी गरेकोमा चालू आवमा रू. १० करोड ८२ लाखमा कायम भएको छ । कम्पनीको चुक्तापूँजी रू. १ अर्ब ६७ करोड रहेको छ । त्यस्तै कम्पनीले जगेडामा रू. ३३ करोड ६८ लाख सञ्चित गरेको छ । कम्पनीको प्रतिशेयर आम्दानी रू. ६ दशमलव ८७ (वार्षिक), मूल्य आम्दानी अनुपात ३८ दशमलव २६ गुणा र प्रतिशेयर नेटवर्थ रू. १२० दशमलव १० रहेको छ । 

रिपोर्ट हेर्न यहाँ क्लिक गर्नूहोस 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Jagdamba SupershineSunrise BankNepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)