ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Saurya cement (riddhi siddhi)

विद्युत् विक्री आम्दानी घटेसँगै घट्यो अपि पावरको नाफा

२०८० बैशाख, ३१  
लगानी
Jagdamba Supershine Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । अपि पावर कम्पनी लिमिटेडले चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ ।

विवरणअनुसार कम्पनीको खुद नाफा गत आवको तेस्रो त्रैमासको तुलनामा चालू आवको सोही अवधिमा ७१ प्रतिशत घटेको छ । कम्पनीले गत आवमा रू. १७ करोड ३८ लाख नाफा कमाएकोमा चालू आवमा रू. ५ करोड ३ लाखमा झरेको हो । चालू आवमा कम्पनीको विद्युत् विक्री आम्दानी घटेकाले नाफा घटेको हो । गत आवमा कम्पनीले विद्युत् विक्रीबापत रू. ४३ करोड ५० लाख आम्दानी गरेकोमा चालू आवमा रू. ३६ करोड ९५ लाखमा झरेको छ । 

नाफासँगै कम्पनीको प्रतिशेयर आम्दानी पनि घटेको छ । गत आवमा कम्पनीको प्रतिशेयर आम्दानी ८ रुपैयाँ ४० पैसा रहेकोमा चालू आवमा १ रुपैयाँ ६२ पैसामा झरेको छ । त्यस्तै कम्पनीको मूल्य आम्दानी अनुपात १५८ दशमलव ६४ गुणा र प्रतिशेयर नेटवर्थ रू. १०१ दशमलव २० छ । कम्पनीको चुक्तापूँजी रू. ४ अर्ब १३ करोड रहेको छ भने जगेडामा रू. ४ करोड ९७ लाख सञ्चित गरेको छ ।

कम्पनीले हालसम्म ८.५ मेगावाटको नौगढ गढ सानो जलविद्युत आयोजना, ८ मेगावाटको अप्पर नौगढ गढ जलविद्युत आयेजना, ४ मेगावाटको चन्द्रनिगाहपुर सोलार आयोजना, १ मेगावाटको ढल्केबर सोलार आयोजना र १ मेगावाटको सिमरा सोलार आयोजना सञ्चालन गरिरहेको छ । कम्पनीले अहिले ४० मेगावाटको अप्पर चमेलिया जलविद्युत आयोजना निर्माण गरिरहेको छ ।

रिपोर्ट हेर्न यहाँ क्लिक गर्नुहोस 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Jagdamba SupershineSunrise BankNepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)