ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Saurya cement (riddhi siddhi)

बोष्टन कलेज र व्यवसायीबीच व्यवसायिक प्रगति र वित्तिय क्षेत्र विषयक अन्तरक्रिया 

२०८० बैशाख, ३१  
बागमती प्रदेश
Jagdamba Supershine Image Not Found
author avatar अभियान संवाददाता

चितवन । भरतपुरमा रहेको बोस्टन इन्टरनेशनल कलेजले चितवनका व्यवसायीसँग ‘व्यावसायिक प्रगति र वित्तीय क्षेत्रको भविष्य’ विषयमा अन्तरक्रिया गरेको छ । कलेजले एमबीए र बीबीएका विद्यार्थीहरूमा व्यावसायिक क्षमता र शीपको विकास गर्न शनिवार उक्त कार्यक्रम गरेको हो । 

कार्यक्रममा भारतको बहुर्राष्ट्रिय कम्पनी हिरो इन्टरप्राइजेजका वित्तीय अध्यक्ष जोगेन्द्र सिंहले आफ्नो ३० वर्षे व्यावसायिक अनुभवका आधारमा आफ्ना धारणाहरू प्रस्तुत गरेका थिए । उनले भारतलगायत अन्य विकसित देशमा उद्यमशीलताले ल्याएको व्यावसायिक हलचल र नेपालका उद्योगीहरूले त्यसबाट लिनसक्ने शिक्षाका बारेमा विस्तृत चर्चा गरेका थिए ।

कार्यक्रममा उद्योग क्षेत्रलाई प्रतिनिधित्व गर्दै चितवन उद्योग संघका अध्यक्ष त्रिलोचन कँडेलले संघले गरेका कामहरू र नेपालको उद्योग व्यावसायको अहिलेको अवस्थाबारे जानकारी दिए । त्यस्तै संघका पूर्वअध्यक्ष राजु पौडेलले उनी आवद्ध अन्य संघसस्थाहरूले समाजसेवाको क्षेत्रमा गरिरहेका उल्लेखनीय कामहरूलाई संक्षिप्तमा प्रस्तुत गरे । 

सो क्रममा नारायणगढ जेसीजका आशिष ढकालले जेसीजले यो वर्ष ‘उद्यमशीलतामा युवाहरू’ भन्ने नाराका साथ सञ्चालन गरेको अभियानका बारेमा प्रष्ट पारे ।  जेसीजका अन्य गतिविधिहरूको बारेमा पनि संक्षेपमा मन्तव्य राखे । उनी ‘उद्यमशिलता विकास निर्देशक’को भूमिकामा नारायणगढ जेसीजमा आबद्ध छन् ।

कार्यक्रममा भारतका प्राध्यापक तथा व्यावसायहरूमा कन्सल्ट्यान्टको रूपमा कार्यरत प्रा.डा. मस्कुर जाफरले पनि व्यवसायको पृष्ठभूमि, अवस्था चुनौतीका बारेमा आफ्ना धारणा राखे । 

कार्यक्रममा समापन मन्तव्य राख्दै बोष्टन कलेजका अध्यक्ष आनन्दबहादुर चन्दले बोष्टन कलेजले ‘सामाजिक उत्तरदायित्व’ बहनअन्तर्गत यो कार्यक्रम आयोजना गरेको बताए । यो कार्यक्रममार्फत उद्योगी व्यावसायीलाई सकारात्मक ऊर्जा तथा ज्ञान दिने उनको भनाइ छ । उनले उद्योग क्षेत्र र शैक्षिक क्षेत्रबीचको सहकार्यको निरन्तर सहकार्यको अपेक्षा राखे ।

कार्यक्रममा चितवनका उद्योगी व्यवसायीलगायतको सहभागिता रहेको थियो ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Jagdamba SupershineSunrise BankNepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)