ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Saurya cement (riddhi siddhi)

स्वयम्भूनाथमा भोकाएका बाँदर ! [फोटो फिचर]

२०८० बैशाख, ३१  
फोटो फिचर
Jagdamba Supershine Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । काठमाडौंको स्वयम्भूनाथ परिसरमा गत शुक्रवार पुग्दा एउटा बाँदरले हातमा मिठाइ समातेको थियो । त्यो बाँदरले हातको मिठाइ नखाएर श्रद्धालुको मुखमा एकोहोरो हेरिरहेको थियो । लाग्थ्यो–  त्यो बाँदरले  श्रद्धालुबाट खानेकुरा पाउने आश गरिरहेको छ । भोक लाग्दा यस्तो आश स्वभाविकै पनि हो । 

केही पर रहेको अर्काे बाँदरमा पनि श्रद्धालुबाट खानेकुरा पाउने आश रहेको बुझ्न सकिन्थ्यो । किनकि उसले पनि केही अगाडि रहेको बाँदरकै ‘आइडिया’ अपनाएको थियो । ऊ पनि खानेकुरा पाउने आशमा श्रद्धालुलाई हेरिरहेको थियो ।

छेउमै रहेको अर्काे बादर भने श्रद्धालुले आफूले खाएर फालेका खानेकुरा खाँदै थियो । 

यी दृश्यबाटै अनुमान लगाउन सकिन्छ, स्वयम्भूनाथ परिसरमा रहेका बाँदर भोकले आकुलव्याकुल छन् । जसका कारण यी बाँदरहरू श्रद्धालुले ल्याएका खानेकुरा झम्टने, बाटोमा फालिएका खानेकुरा खाने गरेका छन् । यहाँ आएका कतिपय श्रद्धालुले बाँदरलाई खानेकुरा पनि दिने गरेका छन् । 

तस्वीरहरू : सुनिल शर्मा/आर्थिक अभियान

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Jagdamba SupershineSunrise BankNepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)