ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Saurya cement (riddhi siddhi)

सरकारले वैदेशिक रोजगारीको लागत तोक्यो

२०८० जेठ, १  
१० वर्ष अघि
Jagdamba Supershine Image Not Found

नेपाल सरकारले विभिन्न देशमा संस्थागत रोजगारीमा जानेका लागि अधिकतम लागत तोकेको छ ।

म्यानपावर व्यवसायीहरूले नेपाली कामदारलाई वैदेशिक रोजगारीमा पठाउँदा आफूखुसी रकम असुल्ने गरेकाले सरकारले लागत तोकेको वैदेशिक रोजगार विभागका निर्देशक काशीनाथ मरासिनीले बताए ।

‘यदि कुनै म्यानपावर व्यवसायीले तोकिएभन्दा बढी लागत असुल गरेको उजुरी आएमा हामी कारबाही गर्छौं,’ उनले भने । वैदेशिक रोजगारीमा जानेहरूले ७० हजारदेखि ८० हजार रुपैयाँ लागत लाग्ने ठाउँमा म्यानपावर कम्पनीले आफूहरूसँग १ लाख २० हजारदेखि २ लाख रुपैयाँसम्म लिएको विभागमा उजुरी गरेको सोही विभागको उजुरी शाखा प्रमुख पुष्कर नेपालले जानकारी दिए ।

उनका अनुसार नाम चलेका २/४ म्यानपावर कम्पनीबाहेक अरूले बढी रकम असुल गरेको उजुरी विभागमा आएका छन् । 

रोजगारीमा जाने कामदारले पैसा तिरेको रसिदको आधारमा मात्र विभागले कारबाही गर्न सक्छ । यदि कुनै कामदारले विनारसिद म्यानपावर व्यवसायीलाई बढी पैसा बुझाएर ठगिएका छन् भने विभागले त्यस्ता खालका ठगीलाई कारबाही गर्न नसक्ने निर्देशक मरासिनीले बताए ।

उनले रोजगारीमा जाने कतिपय कामदारले म्यानपावर कम्पनीलाई पैसा नबुझाई अन्य एजेन्टलाई बुझाउनाले पनि ठगिने गरेको जानकारी दिए । सरकारले तोकेभन्दा बढी रकम लिने म्यानपावर कम्पनी र ठगिएका व्यक्तिबीचको विवाद मिल्न नसकेको स्थितिमा विभागले त्यस्ता म्यानपावर कम्पनीलाई वैदेशिक रोजगार ऐन २०६४ अनुसार कारबाही अगाडि बढाउने उनले बताए । 
वर्ष ६, अंक ४०, सोमवार, ८ कात्तिक, २०६७

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Jagdamba SupershineSunrise BankNepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)