ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

उद्योग संगठन मोरङमा सुराना सर्वसम्मत, को को पुगे कार्यसमितिमा ?

२०८० जेठ, १  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar अभियान संवाददाता

विराटनगर  । उद्योग संगठन मोरङको ५०औं साधारणसभाले आगामी दुई वर्षका लागि राकेश सुरानाको नेतृत्वमा १४ सदस्यीय कार्यसमिति निर्विरोध चयन गरेको छ ।

संगठनको वरिष्ठ उपाध्यक्षमा नन्दकिशोर राठी, उपाध्यक्ष (वित्तीय)मा राजकुमार गोल्छा, उपाध्यक्ष (कृषिउर्जा/जलस्रोत)मा भोलेश्वर दुलाल र उपाध्यक्ष (रोजगारदाता)मा विपिन कावरा र कोषाध्यक्षमा सुवोध कोइराला निर्विरोध निर्वाचित भएका छन् ।

त्यसैगरी कार्यसमिति सदस्यहरूमा सन्तोष कुमार भगत, इन्द्र खत्री (राजन), सौरभ सारडा, सुरेन्द्रकुमार गोल्छा, पारस लुनिया, सृजन प्याकुरेल, दिपककुमार अग्रवाल र वीरेन्द्र राठी चुनिएका छन् ।

अध्यक्षमा दाबी गर्दै आएका वरिष्ठ उपाध्यक्ष प्रदीप मुरारका आन्तरिक कारण देखाउँदै साधारणसभामा अनुपस्थित रहेपछि संगठनको १६औं अध्यक्षमा सुराना सर्वसम्मत चुनिएका हुन् ।

सुराना २०५४ सालदेखि संगठनमा आबद्ध छन् । उनले संगठनमा प्रवेश गरेसँगै २०५४ सालमा कोशी महोत्सव सञ्चालन गर्ने जिम्मेवारी पाएका थिए, जुन अहिले विराट एक्स्पोको रूपमा निरन्तर छ ।


 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)