ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

खानी र गुणस्तर विभागमा उद्योग मन्त्रीको अनुगमन : 'कसैले दबाब दिँदैमा आफ्नो भविष्य नबिगार्नु' 

२०८० जेठ, १  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं  । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले कसैको दबाबमा नपरी काम गर्न निर्देशन दिएका छन् । 

आइतवार नेपाल गुणस्तर तथा नापतौल विभागको अनुगमन गर्ने क्रममा मन्त्री रिजालले कर्मचारीलाई यस्तो निर्देशन दिएका हुन् । 

‘सचिव, महानिर्देशक या स्वयम् म आफैले पनि कुनै काममा दबाब दिएँ भने त्यो काम नगर्नु,’ मन्त्री रिजालले भने, ‘आफ्नो भविष्य बिगारेर कसैको पनि भनसुनमा नपरी  काम गर्नुहोला ।’ 

कर्मचारीलाई इमानदारीका साथ नियमपूर्वक काम गर्न हौसला दिँदै मन्त्री रिजालले सेवाग्राहीलाई झन्झटरहित सेवा उपलब्ध गराउन कर्मचारीलाई सुझाए । सेवाग्राहीको कागजपत्र नपुगेमा तुरुन्तै अपुग कागजपत्र माग गरी सेवा दिन मन्त्री रिजालले निर्देशन दिए । सेवाग्राहीलाई दिने सेवा छिटोछरितो र स्वस्थ हुनुपर्नेमा उनले जोड दिए ।

आइतवार नै मन्त्री रिजालले खानी तथा भूगर्भ विभागको समेत अनुगमन गरेका छन् । देशलाई समृद्धितर्फ लैजाने गरी उपलब्धिमूलक काम गर्न हौसला दिँदै मन्त्री रिजालले पारदर्शी भएर काम गर्न आग्रह गरे ।

‘हामी त आउँछौं जान्छौं, तपाईंहरू स्थायी सरकार हो, हामीले गाइडलाइन दिने हो, तपाईंहरू स्थायी रूपमा हुनुहुन्छ, काम गर्ने तपाईंहरूले हो,’ उनले भने । 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)