काठमाडौं । नेपाली बजारमा अघिल्लो दिन स्थिर रहेको सुनको मूल्य सोमवार भने २०० रूपैयाँले बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासघंका अनुसार आज सुन तोलाको १ लाख ११ हजार रुपैयाँमा कारोबार भएको छ । अघिल्लो दिन सुन १ लाख १० हजार ८०० रुपैयाँमा कारोबार भएको थियो ।
त्यसैगरी, आज चाँदीको मूल्य स्थिर छ । महासघंका अनुसार आज चाँदी प्रतितोला १ हजार ३७५ रुपैयाँमा कायम भएको छ । अघिल्लो दिन पनि चाँदी १ हजार ३७५ रुपैयाँमा कायम भएको थियो ।
अन्तरराष्ट्रिय बजारमा पनि आज सुनको मूल्य बढ्दो क्रममा छ । आज (नेपाली समय अनुसार बिहान ११:०५ बजे) न्यूयोर्क मर्कन्टाइल एक्सचेञ्जको कोमेक्स डिभिजनमा स्पट गोल्डको मूल्य प्रतिऔंस २ हजार १४ डलर पुगेको छ । अघिल्लो कारोबार दिन (शुक्रवार) स्पट गोल्डको मूल्य प्रतिऔंस २ हजार ११ डलरमा बन्द भएको थियो ।
त्यसैगरी, आज डलरको मूल्य भने स्थिर छ । आज एक अमेरिकी डलरको (Dollar) विक्रीदर १३१ रूपैयाँ ७७ पैसा कायम भएको छ । अघिल्लो दिन पनि १ अमेरिकी डलर १३१ रूपैयाँ ७७ पैसामा कारोबार भएको थियो ।