ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Saurya cement (riddhi siddhi)

ज्योति विकास बैंकले वितरण गर्‍यो बोनस शेयर

२०८० जेठ, १  
लगानी
Jagdamba Supershine Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । ज्योति विकास बैंक लिमिटेडले यस वर्षको बोनस शेयर वितरण गरेको छ ।

कम्पनीले फागुन १४ गते १५औं वार्षिक साधारण सभाबाट पारित ३ प्रतिशत बोनस शेयर धितोपत्र दोस्रो बजारमा सूचीकृत भएपछि सम्बन्धित शेयरधनीहरूको हितग्राही खातामा जम्मा गरेको हो ।

कम्पनीले गत आर्थिक वर्ष ०७८/७९ को मुनाफाबाट कुल ६ दशमलव ८० प्रतिशत लाभांश वितरण गरेको हो । चुक्तापूँजी रू. ४ अर्ब २६ करोड ७७ लाख ५३ हजारको आधारमा कम्पनीले ३ प्रतिशत बोनस शेयर र कर प्रयोजन समेतका लागि ३ दशमलव ८० प्रतिशत नगद लाभांश यस वर्ष वितरण गरेको हो ।

कम्पनीले गत वर्षको भन्दा यस वर्ष कम लाभांश वितरण गर्न लागेको हो । गत वर्ष कम्पनीले ११ प्रतिशत बोनस शेयर र कर प्रयोजन समेतका लागि ४ दशमलव ५ प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।

साधारण सभा प्रयोजनका लागि कम्पनीले माघ २९ गतेदेखि सभा हुने दिनसम्म बुक क्लोज गरेको थियो । यसको आधारमा माघ २६ गतेसम्म कायम शेयरधनीहरूले मात्र लाभांश प्राप्त गरेका छन् । 

माघ १८ गतेसम्म शेयर धितो बन्धक राखी कर्जा लिएका सदस्यहरूको हकमा भने कर्जा प्रवाह गर्ने बैंक तथा वित्तीय संस्थाको नाममा नै रोक्का जनाई हितग्राही खातामा जम्मा गरिएको कम्पनीको भनाइ छ ।

सो मितिपश्चात् कर्जा राफसाफ भइसकेको अवस्थामा फुकुवा गर्नसमेत कम्पनीले भनेको छ । कम्पनीको शेयर रजिष्ट्रारमा एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ ।

सूचना हेर्न यहाँ क्लिक गर्नुहोस् 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Jagdamba SupershineSunrise BankNepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)