ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Saurya cement (riddhi siddhi)

प्रभु क्यापिटलले सेञ्चुरी क्यापिटललाई प्राप्तिपश्चात् आजदेखि एकीकृत कारोबार शुरू  

२०८० जेठ, १  
लगानी
Jagdamba Supershine Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । प्रभु क्यापिटलले सेञ्चुरी क्यापिटल मार्केट्सलाई प्राप्ति गरेको छ । प्राप्तिपश्चात् आज अर्थात् जेठ १ गतेदेखि ‘प्रभु क्यापिटल लिमिटेड’ को नामबाट एकीकृत कारोबार शुरू हुँदै छ ।

यी दुवै क्यापिटलको वैशाख ९ गते बसेको छुट्टाछट्टै विशेष साधारण सभाले एक्विजिसनसम्बन्धी प्रस्ताव पारित गरेको थियो । कम्पनी रजिष्ट्रारको कार्यालयले वैशाख २६ गते पत्र पठाउँदै सेञ्चुरी क्यापिटललाई प्राप्ति गरी सम्पूणर् सम्पत्ति र दायित्व सकार्ने गरी प्रभु क्यापिटलको नाममा एकीकृत कारोबार गर्न स्वीकृति दिएको हो ।

प्रभु क्यापिटल प्रभु बैंकको सहायक कम्पनी हो भने सेञ्चुरी क्यापिटल तत्कालीन सेञ्चुरी बैंकको सहायक कम्पनी हो । प्रभु बैंकले सेञ्चुरी बैंकलाई प्राप्ति गरी एकीकृत कारोबार शुरू गरिसकेका कारण सहायक कम्पनीहरू पनि एक भएका हुन् ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Jagdamba SupershineSunrise BankNepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)