ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Saurya cement (riddhi siddhi)

महिला लघुवित्तले ९ महीनामा संकलन गर्‍यो १ अर्ब ४३ करोडभन्दा बढी निक्षेप 

२०८० जेठ, १  
लगानी
Jagdamba Supershine Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । महिला लघुवित्त वित्तीय संस्था लिमिटेडले चालू आर्थिक वर्षको ९ महीनासम्म रू. १ अर्ब ४३ करोड ८८ लाखभन्दा बढी निक्षेप संकलन गरेको छ । गत वर्षभन्दा यस वर्ष कम्पनीको निक्षेप संकलन ७ दशमलव ३८ प्रतिशत बढी भएको हो ।

गत वर्ष यस अवधिसम्म कम्पनीले रू. १ अर्ब ३४ करोडभन्दा बढी निक्षेप संकलन गरेको थियो । कर्जा प्रवाह यस वर्ष २ प्रतिशत कम भएको छ । गत वर्ष रू. ४ अर्ब ३९ करोडभन्दा बढी कर्जा प्रवाह गरेको कम्पनीले यस वर्ष रू. ४ अर्ब ३० करोडभन्दा बढी कर्जा प्रवाह गरेको हो ।

यस वर्ष कम्पनीको इम्पेयरमेन्ट चार्ज उल्लेख्य मात्रामा बढेको छ । गत वर्ष रू. ४६ लाखभन्दा बढी रहेको इम्पेयरमेन्ट चार्ज यस वर्ष रू. ३ करोड २६ लाखभन्दा बढी रहेको छ ।

सञ्चालन नाफा र खुद नाफा यस वर्ष समान ५२ दशमलव ८० प्रतिशत कम भएको छ । गत वर्ष रू. १५ करोड ८८ लाखभन्दा बढी रहेको सञ्चालन नाफा यस वर्ष रू. ७ करोड ४९ लाखभन्दा बढी भएको हो । खुद नाफा भने गत वर्ष रू. ११ करोड ११ लाखभन्दा बढी भएकोमा यस वर्ष रू. ५ करोड २४ लाखभन्दा बढी भएको छ ।

हाल कम्पनीको चुक्तापूँजी रू. २१ करोड ७५ लाख ६२ हजार रहेको छ । गत वर्षको मुनाफाबाट कम्पनीले ४७ दशमलव ५० प्रतिशत बोनस शेयर वितरण गरी पूूँजी बढाएको हो ।

रिटेन्ड अर्निङ करीब ४९ प्रतिशत घटेर रू. ५ करोड ५ लाखभन्दा बढी कायम भएको छ भने जगेडा कोष रकम करीब १८ प्रतिशत बढी रू. १७ करोड ४० लाखभन्दा बढी कायम भएको छ । निष्क्रिय कर्जा गत वर्ष २ दशमलव ९७ प्रतिशत रहेकोमा यस वर्ष ९ दशमलव ८० प्रतिशत पुगेको छ । प्रतिशेयर आम्दानी रू. ३२ दशमलव १७ रहेको कम्पनीको प्रतिशेयर नेटवर्थ रू. २०३ दशमलव २४ छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Jagdamba SupershineSunrise BankNepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)