ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Saurya cement (riddhi siddhi)

माई खोला हाईड्रोपावरको आईपीओ सूचीकृत, कति पायो ओपन रेञ्ज ?

२०८० जेठ, १  
लगानी
Jagdamba Supershine Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । माई खोला हाईड्रोपावर लिमिटेडको आईपीओ सोमवार नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत भएको छ । कम्पनीको कुल ३९ लाख २१ हजार ५६८ कित्ता साधारण शेयर सूचीकृत भएको हो । अब यो शेयर भोलि अर्थात् मंगलवार धितोपत्रको दोस्रो बजारमा कारोबारमा आउनेछ । 

कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दामा वितरण गरेको ३ लाख ९२ हजार १५७ कित्ता, सर्वसाधारणको लागि निष्कासन गरेको १५ लाख २९ हजार ४११ कित्ता र कम्पनीका संस्थापक शेयरधनीहरूले लगानी गरेको २० लाख  कित्ता गरेर कुल  ३९ लाख  २१ हजार ५६८ कित्ता साधारण शेयर सूचीकृत गराएको हो ।  
नेप्सेले कम्पनीको पहिलो शेयर कारोबारका लागि प्रतिकित्ता न्यूनतम रू. १११ दशमलव ६७ देखि अधिकतम रु. ३३५ दशमलव शून्य १ सम्मको मूल्य रेञ्ज तोकिदिएको छ । यही मूल्य रेञ्जका आधारमा कम्पनीको शेयर मंगलवारदेखि कारोबारमा आउनेछ ।

साथै कम्पनीले शेयर सूचीकरणपश्चात् दिनुपर्ने आरटीएस  सेवा प्रभु क्यापिटल लिमिटेडबाट हुने जानकारी दिएको छ । कम्पनीको स्टक सिम्बोल एमएकेएचएल रहेको छ । 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Jagdamba SupershineSunrise BankNepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)