ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Saurya cement (riddhi siddhi)

नक्कली भुटानी शरणार्थी प्रकरणले तात्यो संसद्, छानबिनको प्रगतिबारे सार्वजनिक गर्न सांसदहरूको माग

२०८० जेठ, १  
समाचार
Jagdamba Supershine Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणले संसद् तातेको छ । प्रतिनिधिसभाको बजेट अधिवेशनअन्तर्गतको सोमवार (आज)को बैठकमा बोल्दै सांसदहरूले दोषीलाई कारबाहीदेखि घटनाको छानबिनको प्रगतिबारे सार्वजनिक गर्न माग गरेका छन् । 

बैठकमा बोल्दै नेकपा एकीकृत समाजवादीका सांसद शेरबहादुर कुँवरले दोषीलाई कारबाहीको माग गरे । 

नेकपा एमाले सांसद ठाकुर गैरेले भने नक्कली भुटानी शरणार्थी प्रकरणमा भइरहेको छानबिनको विषयमा सदनमा जारी दिन माग गरे । ‘यस्तो जघन्य अपराधमा विषयमा आजसम्म सरकारले यो सार्वभौम संसद्‌मा यति छानबिन भएको छ, यति प्रगति भएको छ नेपाल सरकारलाई भन्न के कारणले समस्या भइरहेको छ,’ गैरेले भने । 

‘आज भ्रष्टाचारविरुद्ध देश आन्दोलित छ । अन्तर्राष्ट्रिय समुदायको ध्यानाकृष्ट भएको छ । यसको अनुसन्धानमा ढिला सुस्ती केही आलटाल किन भइरहेको छ । यसमा निष्पक्ष छानबिनको विषयमा जनतालाई विश्वास छैन ।’   उनले सरकारलाई संसद्‌मा छानबिनसहितको विषयमा जानकारी गराउन रुलिङको मागसमेत गरे ।

बैठकमा बोल्ने अरु सांसदहरूले पनि छानबिनको विषयबारे सार्वजनिक गर्न माग गरे । 

नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाँण, नेपाल सरकारका सचिव टेकनारायण पाण्डेसहित १३ जनालाई प्रहरीले पक्राउ गरेर अनुसन्धान थालेको छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Jagdamba SupershineSunrise BankNepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)