ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

कृषि विकास बैंकसहित चार कम्पनीको ४३ लाख ५६ हजार कित्ता बोनस शेयर सूचीकृत

२०८० जेठ, १  
लगानी
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । साताको दोस्रो कारोबार दिन सोमवार नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा चार कम्पनीको ४३ लाख ५६ हजार ४५१ दशमलव शून्य ३ कित्ता बोनस शेयर सूचीकृत भएको छ ।

कृषि विकास बैंकको २६ लाख ३७ हजार ५८३ दशमलव १५, साल्ट ट्रेडिङ कर्पोरेशनको २ लाख ५३ हजार ५३१ दशमलव १९, स्वाभिमान लघुवित्तको २ लाख ४३ हजार ५६४ दशमलव ३० र मिर्मिरे लघुवित्तको १२ लाख २१ हजार ७७२ दशमलव ३९ कित्ता गरी कुल ४३ लाख ५६ हजार ४५१ दशमलव शून्य ३ कित्ता बोनस शेयर सूचीकृत भएको हो । यो बोनस शेयर सम्बन्धित शेयरधनीहरूको हितग्राही खातामा आएपछि कारोबार गर्न सकिनेछ । 

मिर्मिरे लघुवित्तले पुस ३० गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित २३ प्रतिशत बोनस शेयर सूचीकृत गराएको हो । त्यस्तै कृषि विकास बैंकले चैत १४ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित २ प्रतिशत बोनस शेयर, साल्ट ट्रेडिङ कर्पोरेशनले चैत १० गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित १० प्रतिशत बोनस शेयर र स्वाभिमान लघुवित्तले चैत ११ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित २० प्रतिशत बोनस शेयर सूचीकृत गराएको हो ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)