ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Saurya cement (riddhi siddhi)

खुलेको पहिलो महीनामै २५ हजारले गरे मौलाकाली केबलकारको यात्रा

२०८० जेठ, १  
यातायात
Jagdamba Supershine Image Not Found
author avatar सूर्यप्रसाद अधिकारी

चितवन । गैंडाकोटमा रहेको मौलाकाली केबलकार खुलेको पहिलो एक महीनामै २५ हजारले यात्रा गरेका छन् । बैशाख महीनामा मौलाकाली केबलकार मार्फत २५ हजार भक्तजनहरुले मौलाकाली मन्दिरको दर्शन गरेका छन् ।

मौलाकाली केबलकार प्रालिका प्रबन्धक सुरज पौडेलका अनुसार दैनिकजसो ८०० हाराहारी मानिसले केबलकारको यात्रा गरेको जानकारी दिए  ।

नयाँ वर्षको अवसरमा बैशाख १ गतेदेखि सेवा शुरु गरिएको मौलाकाली केबलकारमा दैनिक जस्तो दर्शनार्थीहरुको उपस्थिति बढ्दो क्रममा रहेको उनले बताए  ।

दैनिक जसो केबलकार चढेर मौलाकाली दर्शन गर्न जाने दर्शनार्थीको संख्या बढ्दै गएको उनको भनाइ छ । ‘केबलकारमा चढेर दर्शन गर्नेको आकर्षण बढेको पाएका छौं उनले भने, शनिवार र अन्य बिदाका दिनहरुमा झनै प्याक हुन्छ ।’ मौलकालीको दर्शन गर्न पूर्वमा धरान पश्चिममा बुटवल दाङ,पोखरा र काठमाडौंबाट समेत दर्शनार्थी आउने गरेको उनले जानकारी दिए । 

बिहान ६ वजेदेखि सञ्चालन हुँदै आएको मौलाकाली केबलकारले साँझ ६ बजेसम्म सेवा दिदै आएको छ । बैशाख १८ गते प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उद्घाटन गरेसँगै मौलाकाली केबलकार औपचारिक रुपमा सञ्चालनमा आएको हो ।

यो केबलकार १ हजार २०० मिटर लम्बाइको छ  । यहाँ कुल १४ ओटा डब्बा छन् । एउटा डब्बामा एकपटकमा आठ जना यात्रु बस्न मिल्छ । फेदीबाट केबलकार चढेपछि ५ मिनेटमा मन्दिर नजिकैको स्टेसनमा पुगिन्छ । त्यहाँबाट करिब ५ मिनेट हिँडेपछि मौलाकालिका मन्दिर पुगिन्छ । हाल यसको दुईतर्फी भाडा ५५० रुपैयाँ कायम गरिएको छ । केबलकारले ३ देखि ४ फिटसम्मका बालबालिकाहरुको लागि रु ३३०, विद्यार्थीहरुको लागि रु ४१५ ज्येष्ठ नागरिकहरुको लागि रु ४१५ र फरक क्षमता भएकाहरुको (अपाङ्ग) लागि रु २७५ को टिकट दर तोकेको  छ ।

मौलाकाली केबलकारले ८० वर्षमाथिका बृद्धबृद्धा र ३ फिटभन्दा तलका बालबालिकाहरुको लागि निःशुल्क सेवा दिने जनाएको छ । मौलाकाली केबलकारको टिकट प्राप्त गर्नका लागि सर्वसाधारण यात्रुहरुले मोबाइल एप्लीकेशनमा आइएमई पे डाउनलोड गरि सोहि एप मार्फत टिकट काट्न सक्नेछन् भने केबलकारको कार्यालय तथा आइएमई पेका आधिकारिक एजेन्टहरु मार्फत पनि टिकट प्राप्त गर्न सक्नेछन् ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Jagdamba SupershineSunrise BankNepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)