ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

नक्कली भुटानी शरणार्थी प्रकरण : पक्राउ पुर्जी जारीपछि कांग्रेस पूर्वसभासद शेर्पा प्रहरी कार्यालयमा उपस्थित

२०८० जेठ, १  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ पुर्जी जारी भएपछि नेपाली कांग्रेसका पूर्वसभासद आङटावा शेर्पा आज प्रहरी कार्यालयमा उपस्थित भएका छन् । जिल्ला अदालत काठमाडौंले आइतवार शेर्पाविरुद्ध पक्राउ पुर्जी जारी गरेपछि उनी जिल्ला प्रहरी परिसर, काठमाडौंमा उपस्थित भएका हुन् । 

उक्त प्रकरणमा पक्राउ परेकाहरूले बयानका क्रममा पूर्वसभासद् शेर्पाको संलग्नता रहेको बताएपछि प्रहरीको आग्रहमा अदालतले आइतवार शेर्पाविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो ।

जिल्ला प्रहरी परिसर, काठमाडौंका एक अधिकारीले पूर्वसभासद शेर्पा प्रहरी कार्यालयमा उपस्थित भएको जानकारी दिए ।

यो प्रकरणमा पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाँण, गृह मन्त्रालयका पूर्वसचिव टेकनारायण पाण्डेलगायत १३ जनालाई प्रहरीले पक्राउ गरिसकेको छ । 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)