काठमाडौं । नेपालका लागि टीभीएस मोटर कम्पनीको आधिकारिक वितरक जगदम्बा मोटर्सले चितवनको नारायणगढमा एनओजी (एन्टर्क ओनर्स ग्रुप) राइड सम्पन्न गरेको छ ।
शनिवार आयोजना भएको राइड टीभीएसको नारायणगढ शोरूम (मालश्री मोटर्स नारायणगढ)बाट शुरू भएर जगतपुर, चितवन पुगेर समापन भएको थियो ।
उक्त राइडमा सहभागीबीच विभिन्न खेल पनि खेलाइएको थियो । राइडमा सहभागी सम्पूर्ण राइडरलाई सहभागिताको प्रमाणपत्र प्रदान गरिनुका साथै अनुशासित राइडरलाई पदक पनि प्रदान गरिएको थियो ।
करीब ४० जना राइडर सहभागी उक्त राइड सम्पूर्ण सुरक्षा सावधानीका साथ स्थानीय प्रशासनको अनुमति लिएर सञ्चालन गरिएको आयोजकले जानकारी दिएको छ ।
राइडमा प्राविधिक टिमले विभिन्न सडक सुरक्षाका साथै राइडरले अपनाउनुपर्ने नियम र सुरक्षाको जानकारी प्रदान गरेको थियो ।