ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Saurya cement (riddhi siddhi)

१२ लाख किसानको बीमा गर्ने उद्देश्यसहित कृषि सहकारी संघ र सानिमा रिलायन्सबीच सम्झौता

२०८० जेठ, १  
समाचार
Jagdamba Supershine Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । नेपाल कृषि सहकारी केन्द्रीय संघ तथा सानिमा रिलायन्स लाईफ इन्स्योरेन्सबीच बीमासम्बन्धी सम्झौता भएको छ ।

सम्झौताअनुसार संघका सदस्यता प्राप्त कृषि तथा साना किसान कृषि सहकारी संस्थामा आबद्ध विपन्न तथा साना किसानलाई म्यादी जीवन बीमा सेवा प्रदान गरिनेछ ।

म्यादी बीमा एक प्रकारको लागत प्रभावी जीवन बीमा योजना हो । यस योजनाअन्तर्गत बीमितको मृत्यु भएमा बीमांक बराबर रकम प्रदान गरिने बताइएको छ । 

विविध कार्यक्रममार्फत आफ्ना सदस्य संस्थालाई कृषि उत्पादन तथा उत्पादकत्वमा वृद्धि गर्न, व्यावसायिक योजना तथा रणनीतिक योजना बनाउन सहयोग पुर्‍याइ गैरवित्तीय सेवा उपलब्ध गराउँदै आएको संघको भनाइ छ ।

हाल यस संघबाट ७७ ओटै जिल्लाका १ हजार २०० सयभन्दा बढी संस्थामा आबद्ध १२ लाखभन्दा बढी साना किसान परिवारले सेवा पाइरहेको बताइएको छ । 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Jagdamba SupershineSunrise BankNepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)