ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Saurya cement (riddhi siddhi)

सोमवारदेखि १४ प्रतिशतले बढ्यो चिकित्सकको परामर्श शुल्क, अब ९४० रुपैयाँसम्म लाग्ने

२०८० जेठ, २  
स्वास्थ्य र जीवन शैली
Jagdamba Supershine Image Not Found

काठमाडौं । नेपाल चिकित्सक संघ र एशोसिएशन अफ प्राइभेट हेल्थ इन्स्टिच्युसन नेपाल (अफिन)ले सोमवारदेखि लागू हुने गरी चिकित्सकको परामर्श सेवा शुल्क बढाएको छ ।

संघका महासचिव डा. सञ्जीव तिवारीले सोमवारदेखि लागू हुने गरी चिकित्सकको परामर्श शुल्क पहिलेको तुलनामा १४ प्रतिशत बढाइएको जानकारी दिए । 

संघले चिकित्सको परामर्श शुल्क दुई वर्षपछि बढाएको हो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका तर्फबाट शुल्क पुनरवलोकन तथा निर्धारण नहुञ्जेलसम्मका लागि बहिरंग सेवा शुल्क (ओपिडी) शुल्क बढाइएको हो ।

सरोकारवाला निकायको परामर्शका आधारमा शुल्क तोक्न सक्ने अख्तियारीलाई मुख्य आधार बनाइ नेपाल राष्ट्र बैंकको मुद्रास्फीति तथा शुल्क परामर्श समितिको सिफारिसका आधारमा शुल्क बढाइएको उनले बताए । 

महासचिव तिवारीले चिकित्सकको नयाँ परामर्श शुल्क रू. ४२० देखि रू. ९४० सम्म तोकिएको बताए । नयाँ शुल्कअनुसार पाँच वर्षभन्दा कम अनुभव भएका एमबीबीएस तथा बीडीएस तहका चिकित्सकको शुल्क रू. ४२० र पाँच वर्षभन्दा बढी अनुभव भएकाको रू. ५१५ परामर्श शुल्क तोकिएको छ । 

यस्तै अब पाँच वर्षसम्म अनुभव भएका डिप्लोमा तहका चिकित्सकको रू. ५९० र त्योभन्दा बढी छ भने रू. ६७० तथा पाँच वर्षसम्मको अनुभव भएकाएमडी, एमएस, एमडीएस तहका चिकित्सकले रू. ७५० र पाँच वर्षभन्दा बढी अनुभव भएकाले रू. ८०० परामर्श शुल्क लिन पाउने गरी तोकिएको छ ।

डीएम/एमसीएच चिकित्सकको हकमा पाँच वर्षभन्दा कम अनुभव भए रू. ८८०, पाँच वर्षदेखि १० वर्षसम्मको अनुभव भए रू. ९४० र १० वर्षभन्दा माथि अनुभव भएका चिकित्सकका लागि रू. ९४० परामर्श शुल्क तोकिएको छ । 
साथै एमडी/एमएस/एमडीएसका हकमा भने पाँच वर्षभन्दा कम अनुभव भएकाले रू. ७५०, पाँचदेखि १० वर्षसम्म अनुभव भएकाको हकमा रू. ८०० र १० वर्षभन्दा बढी अनुभव भएकाको हकमा रू. ९४० शुल्क तोकिएको छ । रासस

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Jagdamba SupershineSunrise BankNepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)