ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

कैलालीको कुचैनीमा सनराइज बैंकको शाखारहित बैंकिङ सेवा

२०८० जेठ, २  
बजार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । सनराइज बैंकले कैलालीको गौरीगंगा नगरपालिका–३ कुचैनीमा शाखारहित बैंकिङ सेवाको शुरुआत गरेको छ ।

बैंकले शाखारहित बैंकिङ सेवाको प्रतिनिधिका रूपमा गणेशप्रसाद पौडेललाई नियुक्त गरेको छ ।

सोमवार एक कार्यक्रमका बीच गौरीगंगा नगरपालिका–३ का वडाध्यक्ष मनिराज जोशी र बैंकका अत्तरिया शाखाका प्रमुख मातृका खड्काले शाखाको उद्घाटन गरेका हुन् ।

बैंकिङ सेवाको माध्यमबाट बचत तथा भुक्तानीका लागि शाखारहित बैंकिङ सेवाअन्तर्गत एटीएम कार्डमार्फत कारोबार गर्न सकिने बैंकले जानकारी दिएको छ ।

यस सेवाबाट ग्राहकले निक्षेप संकलन, रकम भुक्तानी, रकम स्थानान्तरण जस्ता सेवा लिन सकिने बताइएको छ ।

बैंकले १३९ शाखा, १०३ शाखारहित बैंकिङ सेवा, १३ एक्सटेन्सन काउण्टर र १६२ एटीएममार्फत ग्राहकलाई सेवा प्रदान गर्दै आएको छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)