ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Saurya cement (riddhi siddhi)

अभियान टिप्पणी : दलहरूको अग्निपरीक्षा 

२०८० जेठ, २  
टिप्पणी
Jagdamba Supershine Image Not Found

सरकारी कागज किर्ते गरी नेपालीलाई भुटानी शरणार्थी प्रमाणित गरी अमेरिका पठाउने भ्रष्टाचार काण्डलाई आर्थिक भ्रष्टाचार, ठगीजस्ता सामान्य अपराध मात्र मानिनु हुँदैन । यो सीधै मुलुकको अन्तरराष्ट्रिय छविसँग जोडिएको घटना हो जसले यसलाई धूमिल पार्न सक्छ । त्यसैले प्रहरीले स्वतन्त्रतापूर्वक यसको अनुसन्धान गर्नुपर्छ ।

नेपालमा यो भन्दा ठूला भ्रष्टाचार भए पनि तिनको सम्बन्ध अन्तरराष्ट्रिय जगत्सँग सीधा देखिँदैनथ्यो । तर, यो काण्ड भने अलिक फरक खालको छ । विगतमा भ्रष्टाचारमा छानबिन गरिए पनि कमजोर मुद्दा लगाएर उनीहरूलाई चोख्याउने काम भएको थियो । अहिले पनि त्यस्तै हुन्छ कि भन्ने आशंका जनमानसमा छ । राजनीतिक नेतृत्वको मौनता होस् वा घुमाउरो पाराले छानबिनको विरोधको कुरा आओस्, त्यसले यो छानबिन निष्कर्षमा पुग्दैन कि भन्ने आशंका बढाएको छ । अझ प्रमुख तीन दलका नेताहरूको दिनहुँजसो भइरहेको बैठकले यसमा मलजल गरेको छ ।

प्रहरीले हालसम्म राम्ररी अनुसन्धान गरिरहेको देखिन्छ । तर, प्रहरीलाई प्रभावमा पारेर अथवा प्रहरीको आफ्नै स्वार्थले यसको अनुसन्धान सही तरीकाबाट नबढ्न पनि सक्छ । त्यसैले प्रहरी प्रशासनलाई एकातिर राम्रो कामका लागि प्रशंसा गर्नु आवश्यक छ भने अर्कातिर खबरदारी पनि उत्तिकै जरुरी छ । 

आफ्ना नागरिकलाई नक्कली शरणार्थी बनाउनुजस्तो अपराधलाई गम्भीर रूपमा लिनुपर्छ । कुनै पनि सभ्य मुलुकले यसलाई सहज रूपमा लिन सक्दैन । त्यही भएर अहिले प्रहरीले गरिरहेको अनुसन्धानलाई विश्वले पनि हेरिरहेको छ । यसबारे सत्यतथ्य पत्ता लगाएर अपराध गर्नेलाई सजाय दिलाउन प्रहरी सफल भयो भने भ्रष्टाचार गर्न र राज्य सत्ताको खुलमखुला दुरुपयोग गर्न आगामी दिनमा राजनीतिक नेतृत्व हच्कनेछ ।

नेपालमा भ्रष्टाचार गर्नेलाई कारबाही हुँदैन भन्ने मनोवृत्ति पहुँचवालामा विकास भइरहेको छ । अहिले आरोपित व्यक्तिलाई कानूनी दायरामा ल्याउन सकियो भने त्यस्तो मनोवृत्ति हटाउन र भ्रष्टाचार न्यूनीकरणमा पनि मद्दत पुग्न सक्छ । दोषीलाई कारबाहीको दायरामा ल्याउँदा राजनीतिक दलप्रतिको विश्वास पनि कायम रहन्छ । त्यसैले अहिलेको बेला राजनीतिक दलहरूका लागि भ्रष्टाचारविरुद्ध काम गर्ने मौका हो भने अर्कोतर्फ परिणाम देखाउन उनीहरूका लागि अग्निपरीक्षा पनि हो । 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Jagdamba SupershineSunrise BankNepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)