ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Saurya cement (riddhi siddhi)

अन्तरराष्ट्रिय बजारमा बढ्यो सुनको मूल्य, नेपालमा कति छ आजको बजार भाउ ? 

२०८० जेठ, २  
बजार
Jagdamba Supershine Image Not Found
फोटो : सुनिल शर्मा/ आर्थिक अभियान
author avatar अभियान संवाददाता

काठमाडौं । नेपाली बजारमा मंगलवार सुनको मूल्य बढेको छ । अघिल्लो दिन प्रतितोला २०० रुपैयाँले बढेको सुन आज १०० रुपैयाँले बढेको हो । 

नेपाल सुनचाँदी व्यवसायी महासघंका अनुसार आज सुन तोलाको १ लाख ११ हजार १०० रुपैयाँमा कारोबार भएको छ । अघिल्लो दिन सुन १ लाख ११ हजार रुपैयाँमा कारोबार भएको थियो ।  

त्यसैगरी आज चाँदीको मूल्य स्थिर छ । महासघंका अनुसार आज चाँदी प्रतितोला १ हजार ३७५ रुपैयाँमा कायम भएको छ । अघिल्लो दिन पनि चाँदी १ हजार ३७५ रुपैयाँमा कायम भएको थियो । 

अन्तरराष्ट्रिय बजारमा पनि आज सुनको मूल्य बढ्दो क्रममा छ । आज (नेपाली समयअनुसार बिहान ११:०० बजे) न्यूयोर्क मर्कन्टाइल एक्सचेन्जको कोमेक्स डिभिजनमा स्पट गोल्डको मूल्य प्रतिऔंस २ हजार १६ डलर पुगेको छ । अघिल्लो कारोबार दिन (सोमवार) स्पट गोल्डको मूल्य प्रतिऔंस २ हजार १४ डलरमा बन्द भएको थियो ।

त्यसैगरी आज डलरको मूल्य पनि बढेको छ । आज एक अमेरिकी डलरको (Dollar) विक्रीदर १३१ रूपैयाँ ९८ पैसा कायम भएको छ । अघिल्लो दिन‌ १ अमेरिकी डलर १३१ रूपैयाँ ७७ पैसामा कारोबार भएको थियो ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Jagdamba SupershineSunrise BankNepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)