ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Saurya cement (riddhi siddhi)

घोराही सिमेन्टको आईपीओ वैदेशिक रोजगारीमा रहेका नेपालीले खरीद गर्ने आज अन्तिम दिन 

स्थानीयले जेठ १७ गतेसम्म आवेदन दिन सक्ने 

२०८० जेठ, २  
लगानी
Jagdamba Supershine Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । घोराही सिमेन्ट इण्डष्ट्री लिमिटेडले वैशाख १९ गतेदेखि निष्कासन गरेको आईपीओ वैदेशिक रोजगारीमा रहेका नेपालीले आजसम्म मात्र आवेदन दिन सक्नेछन् । कम्पनीले पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीसँगै आयोजना प्रभावित स्थानीयका लागि आईपीओ निष्कासन गरेको हो । 

कम्पनीले प्रतिशेयर अंकित मूल्य रू. १०० मा प्रिमियमबापत रू. ३०० थप गरी प्रतिकित्ता रू. ४०० मा आयोजना प्रभावित स्थानीयमा र प्रतिशेयर अंकित मूल्य रू. १०० मा प्रिमियमबापत रू. ३३५ थप गरी प्रतिकित्ता रू. ४३५ मा वैदेशिक रोजगारीमा रहेका नेपालीमा आईपीओ जारी गरेको हो ।

कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीमा ७ लाख ५४ हजार ६६१ कित्ता आईपीओ विक्री खुला गरेको हो । आयोजना प्रभावित स्थानीयका लागि भने ३ लाख ९७ हजार १९० कित्ता साधारण शेयर निष्कासन गरेको हो ।

स्थानीयका लागि विक्रीमा आएको शेयर खरीदका लागि दाङ जिल्लाको घोराही उपमहानगरपालिका वडा नं. १, २, ३, ४, १४, १५, १७, १८,१९, दाङ जिल्ला, बंगलाचुली गाउँपालिका वडा नं. ३, ४ र रोल्पा जिल्ला त्रिवेणी गाउँपालिका वडा नं. ३, ४ का बासिन्दाहरूले आवेदन दिन सक्नेछन् ।

आयोजना प्रभावित स्थानीयमा जेठ २ गतेभित्र मागबमोजिम आवेदन नपरेपछि जेठ १७ गतेसम्म विक्री खुला गरिने भएको छ । लामो समयपछि धितोपत्र प्राथमिक बजारमा प्रिमियम मूल्यमा आईपीओ निष्कासनमा आएको हो । दोस्रो बजारसमेत घटिरहेको अवस्थामा प्रिमियम मूल्यमा आईपीओ किन्न भने लगानीकर्ता त्यति उत्साहित नभएको देखिन्छ ।

दुवै समूहका लगानीकर्ताले यो आईपीओ खरीदका लागि न्यूनतम १० कित्ताका लागि आवेदन दिनुपर्नेछ । आयोजना प्रभावित क्षेत्रका बासिन्दाले अधिकतम १ लाख कित्तासम्म र वैदेशिक रोजगारमा रहेका नेपालीले अधिकतम ७ लाख ५४ हजार ६६१ कित्ताका लागि आवेदन दिन सक्नेछन् ।

घोराही सिमेन्ट इण्डष्ट्री २०६४ सालमा दर्ता भई २०६९ सालदेखि आफ्नै चुनढुंगा खानीमार्फत क्लिंकर उत्पादन गर्दै आएको छ । हाल कम्पनीले दाङ जिल्लामा रहेको सिमेन्ट तथा क्लिंकर उद्योगबाट नवीनतम प्रविधि प्रयोग गरी सिमेन्ट तथा क्लिंकर उत्पादन गरिरहेको छ ।  

त्रिवेणी र विशाल समूहबाट संयुक्त रूपमा प्रवर्द्धित घोराही सिमेन्ट इण्डष्ट्री लिमिटेड क्लिंकर उत्पादन क्षमता र सिमेन्ट उत्पादन क्षमताको आधारमा नेपालको प्रमुख दोस्रो उद्योगमध्ये पर्छ । हाल कम्पनीले नेपालमा प्रसिद्ध सगरमाथा ब्रान्डअन्तर्गत क्लिंकर तथा ओपिसी र पिपिसी सिमेन्टको उत्पादन तथा विक्री वितरण गरिरहेको छ ।

चालू आर्थिक वर्षको पुस मसान्तसम्म कम्पनी रू. ४ अर्ब ३ करोडभन्दा बढी सञ्चित नाफामा रहेको छ । कम्पनीको वास्तविक प्रतिशेयर नेटवर्थ रू. २२६ दशमलव ६१ रहेको छ । दोस्रो बजारमा कम्पनीको आईपीओले प्रतिकित्ता रू. २२६ दशमलव ६१ देखि रू. ६७९ दशमलव ८३ सम्मको मूल्यरेञ्ज पाउने देखिन्छ । 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Jagdamba SupershineSunrise BankNepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)