ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Saurya cement (riddhi siddhi)

अमेरिकी डलरको मूल्य बढ्यो, कस्तो छ अन्य मुद्राको विनिमय दर ?

२०८० जेठ, २  
बजार
Jagdamba Supershine Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । नेपाल राष्ट्र बैंक (Nepal Rastra Bank)ले मंगलवार अमेरिकी डलरको (Dollar) विनिमय दर (Exchange rate) बढाएको छ । राष्ट्र बैंक (NRB) का अनुसार आज १ अमेरिकी डलरको खरीद दर १३१ रुपैयाँ ३८ पैसा र विक्री दर १३१ रुपैयाँ ९८ पैसा तोकेको छ । अघिल्लो दिन १ अमेरिकी डलरको खरीद दर १३१ रुपैयाँ १७ पैसा र विक्री दर १३१ रुपैयाँ ७७ पैसा कायम भएको थियो ।

आज यूरो (Euro) को भाउ पनि बढेको छ । आज १ यूरोको खरीद दर १४२ रुपैयाँ ९० पैसा र विक्री दर १४३ रुपैयाँ ५५ पैसा कायम भएको छ । अघिल्लो दिन युरोको खरीद दर १४२ रुपैयाँ ३२ पैसा र विक्रीदर १४२ रुपैयाँ ९७ पैसा थियो ।

त्यसैगरी आज चिनियाँ युआन (Chinese Yuan) को भाउ पनि बढेको छ । आज १ युआनको खरीद दर १८ रुपैयाँ ९० पैसा र विक्री दर १८ रुपैयाँ ९८ पैसा कायम भएको छ । अघिल्लो दिन १ चिनियाँ युआनको खरीद दर १८ रुपैयाँ ८५ पैसा र विक्री दर १८ रुपैयाँ ९४ पैसा कायम भएको थियो ।

कस्तो छ अन्य मुद्राको विनिमय दर ?


 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Jagdamba SupershineSunrise BankNepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)