ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

एनआईसी एशिया बैंकको ३ लाख ४५ हजारभन्दा बढी कित्ता संस्थापक शेयर सर्वसाधारणमा जारी 

२०८० जेठ, २  
लगानी
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले संस्थापकतर्फको ३ लाख ४५ हजार ६८० कित्ता संस्थापक शेयर सर्वसाधारणमा जारी गरेको छ ।

बैंकले जेठ २ गतेदेखि ९ गतेसम्म विद्यमान संस्थापक शेयरधनीसँगै अन्य जो-कोही व्यक्ति, कम्पनी, संघ संस्थाहरूले समेत आवेदन दिन सक्ने गरी यो शेयर विक्रीमा ल्याएको हो । बैंकले शेयरको न्यूनतम मूल्य प्रतिकित्ता रू. ३६५ तोकेको छ ।

तोकिएको मूल्य वा सोभन्दा बढी मूल्य अंकित गरी इच्छुक खरीदकर्ताहरूले तोकिएको मितिभित्र विक्री प्रबन्धक एनआईबिएल एस क्यापिटल लिमिटेडको कार्यालय लाजिम्पाट, काठमाडौंमा गोप्य शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ ।

बोलपत्र पेश गर्दा न्यूनतम १ हजार कित्तादेखि अधिकतम सम्पूर्ण कित्तासम्म माग गर्न सकिने व्यवस्था छ । तोकिएको अवधिभित्र प्राप्त बोलपत्र जेठ १० गते दिउँसो ३ बजे विक्री प्रबन्धकको कार्यालयमा खोलिने कार्यक्रम तय भइसकेको छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)