ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Saurya cement (riddhi siddhi)

चर्को गर्मीले तराईको जनजीवन प्रभावित, 'ह्याण्डपम्पबाट पानी आउन छोड्यो, ४३ डिग्रीसम्म तापक्रम'

२०८० जेठ, २  
विविध
Jagdamba Supershine Image Not Found

महोत्तरी । तराईका जिल्लामा केही दिनदेखि अचाक्ली बढेको गर्मीले जनजीवन कस्टकर बनाएको छ । चर्को गर्मीकै कारण बिरामीको सङ्ख्या पनि दिनप्रतिदिन वृद्धि भइरहेको छ ।

पछिल्ला दिन यहाँ ४० देखि ४३ डिग्रीसम्म तापक्रम (temperature) पुग्न थालेको छ । यसबाट तराईका अधिकांश जिल्ला प्रभावित भइरहेको बेला महोत्तरीको जनजीवन पनि अछुतो रहन सकेन । यहाँका अस्पतालमा बिरामीको सङ्ख्या बढ्दै गएको छ ।

जिल्ला सदरमुकाम जलेश्वरमा अवस्थित प्रादेशिक अस्पताल जलेश्वरका मेडिकल सुपरिटेन्डेन्ट डा. मनिषा भारद्वाजका अनुसार गर्मी बढेसँगै अस्पतालमा सेवा लिन आउने बिरामीको सङ्ख्या बृद्धि भएको छ । सामान्यरूपमा ७०–७५ जना उपचारका लागि आउने गरेकामा अहिले दैनिक १५० देखि २५० जनासम्म बिरामी उपचारका लागि आउने गरेको उनले बताइन् ।

उनका अनुसार गर्मीले आउ, ज्वरो, झाडापखाला, टाइफाइड, छालाजन्य रोग, पानीको कमी र जन्डिसका बिरामीको सङ्ख्या अत्यधिक बढेको हो ।  अधिकांश झाडापखालाका बिरामी अस्पतालमा आउने गरेका र अधिकांश आठ वर्षमुनिका बालबालिका र ५०–६० वर्षमाथिका वृद्धवृद्धा रहेका मेडिकल सुपरिटेन्डेन्ट डा. भारद्वाजले बताइन् । 

चर्को घाम र तातो हावाका कारण जिल्ला सदरमुकाम जलेश्वर नगर क्षेत्रसहित शहरी र ग्रामीण क्षेत्रमा दिउँसो सर्वसाधारणको आवतजावत घटेको छ ।

अत्यधिक गर्मीका कारण जिल्लाका ह्याण्डपाइप, कुवा, इनार, पोखरीलगायत पानीको मुहान सुक्न थालेका छन् । जलेश्वर नगरसहित जिल्लाका उत्तरवर्ती क्षेत्रका हयाण्डपाइपबाट पानी आउन छाडेको छ ।

चर्को घाम र तातो हावाका कारण बिहान १०–११ बजेदेखि अपराह्न ५ बजेसम्म प्रायः सडक सुनसान नै हुन्छन् भने अत्यावश्यक कामबाहेक सर्वसाधारण घरमै बस्छन् । गर्मीसँगै लामो खडेरीका कारण यहाँका अधिकांश किसानले धानको बीउ राख्नसमेत पाएका छैनन् । आकाशे पानीको भरमा खेती गर्ने किसान वर्षा नभएकाले बीउ राख्न नपाउँदा खेत बाँझै रहने चिन्तामा छन् । गर्मीले गर्दा तरकारी बाली र फलफूलमा पनि प्रतिकूल प्रभाव पारेको छ । रासस

 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Jagdamba SupershineSunrise BankNepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)