ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

‘खेत बाँझो राख्ने किसानलाई राज्यले सहयोग गर्न सक्दैन’ 

आठ ओटा सहकारी एकीकरण 

२०८० जेठ, २  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found

जानकी । बाँकेका आठ ओटा सहकारी एकीकरण भएका छन् । कोरानापछि देशमा भएको आर्थिक मन्दीका कारण सहकारीहरू चुस्तदुरुस्त तरिकाले सञ्चालन हुन नसक्दा साना किसान कृषि सहकारी संस्था लिमिटेडको अगुवाइमा सोमबार शमशेरगञ्जमा आयोजित कार्यक्रममा आठ ओटा साना किसान सहकारी संस्था अष्टम् साना किसान कृषि सहकारी संस्थामा एकीकरण भएका हुन् ।

एकीकरण हुनेमा महादेवपुरी राप्ती सोनारी-८ स्थित साना किसान कृषि सहकारी संस्था लि, बैजनाथ-६ स्थित लगनशील साना किसान कृषि सहकारी संस्था लि, बैजनाथ-८ स्थित महिला साना किसान कृषि सहकारी संस्था लि, राप्ती सोनारी-४ स्थित सूर्यलक्ष्मी साना किसान कृषि सहकारी संस्था लि, राप्ती सोनारी-५ स्थित सौगात साना किसान कृषि सहकारी संस्था लि, खजुरा-२ स्थित नवज्योति साना किसान कृषि सहकारी संस्था लि, खजुरा-८ स्थित हातेमालो साना किसान कृषि सहकारी संस्था लि र जानकी-६ स्थित आपसी मेलमिलाप साना किसान कृषि सहकारी संस्था लि रहेका छन् ।

कार्यक्रममा लुम्बिनी प्रदेशका सभासद् दुर्गा चौधरीले नामका लागि मात्र किसान बनेर खेत बाँझो राखेका कारण राज्यले किसानका लागि सहयोग गर्न नसकेको बताए । किसान हुँ भन्ने तर आफ्ना लागि खाने तेलसम्म किन्ने परिपाटीले कृषि र सहकारीमा लगानी बढ्न नसकेको उनले उल्लेख गरे । -रासस

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)