ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Saurya cement (riddhi siddhi)

सरकारले बीमालाई उच्च प्राथमिकता दिएको छ: अर्थमन्त्री महत

२०८० जेठ, २  
समाचार
Jagdamba Supershine Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । सरकारले बीमा क्षेत्रलाई उच्च प्राथमिकता दिएको अर्थमन्त्री डा. प्रकाशशरण महतले बताएका छन् । नेपाल बीमा प्राधिकरणको ५५औं वार्षिकोत्सव समारोहमा अर्थमन्त्री महतले यस्तो बताएका हुन् ।

अर्थमन्त्री महतले बीमा प्राधिकरण व्यावसायिक र आधुनिक ढंगले चल्नुपर्ने बताएका छन् । ‘प्राधिकरणको लक्ष्य बीमाको शुल्क कसरी कम गर्ने भन्नेमा केन्द्रित हुनुपर्छ,’ उनले भने । कार्यक्रममा नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बीमा र वित्तीय क्षेत्रको नियमनका लागि वित्तीय क्षेत्र विकास रणनीतिको प्रभावकारी कार्यान्वयनको आवश्यकता औंल्याए । प्राधिकरणले नियामकका रूपमा स्वतन्त्र ढंगले आफ्नो काम गर्नुपर्नेमा उनले जोड दिए ।

प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले पछिल्लो समय बीमा व्यवसायबारे नागरिकस्तरमा बुझाइ बढ्दै गएको बताए । यद्यपि तल्लो तहसम्म र सीमान्तकृत नागरिकलाई समेत समेट्ने गरी बीमा सेवा विस्तार हुन नसकेको उनको भनाइ थियो । सरकारले बीमासम्बन्धी नीति परिवर्तन गर्नुपर्ने खाँचो उनले औंल्याए ।

वार्षिकोत्सव समारोहमा महालेखापरीक्षक टंकमणि शर्मा दंगाल, नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेशकमार हमाल, प्राधिकरणका उच्चपदस्थ अधिकारी र बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृतहरूको समेत उपस्थिति थियो ।
 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Jagdamba SupershineSunrise BankNepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)