ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

ओम्नी ग्रुपको ओबीसीआइको नाफा १ अर्ब २५ करोडबाट घटेर २१ करोड मात्रै

२०८० जेठ, २  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found

काठमाडौं । ओम्नी ग्रुपको ओबीसीआइ प्राइभेट लिमिटेडले वित्तीय वर्ष २०२२ मा २१ करोड सञ्चालन नाफा गरेको छ । कम्पनीले वित्तीय वर्ष २०२० मा भने १ अर्ब २५ करोड रुपैयाँ सञ्चालन नाफा गरेको थियो । 

रेटिङ् कम्पनी केयर रेटिङ्स नेपालका अनुसार वित्तीय वर्ष २०२१ मा ३० करोड रुपैयाँ सञ्चालन नाफा गरेको थियो । केयर रेटिङ्स अनुसार कम्पनीको सञ्चालन  नाफा निरन्तर घट्दो क्रममा रहेको छ । वित्तीय वर्ष २०२० को तुलनामा कम्पनीको सञ्चालन नाफा २०२१ मा ७५.६१ प्रतिशत र २०२२ मा ८३.१६ प्रतिशतले घटेको हो । 

सन् २००६ मा स्थापित ओबीसीआइ प्राइभेट लिमिटेडले आइटी क्षेत्रमा विभिन्न सेवा सुविधा दिनुका साथै मुलुकभर नै पाचँ भन्दा बढी ब्रान्डका जेनेरेटर, यूपीएस, ब्याट्री, चिकित्सा उपकरणहरू लगायतका प्रडक्टहरु विक्री वितरण गर्दै आएको छ ।

मेडिकल उपकरणको माग कम भएसँगै कम्पनीको विक्री घटेको केयर रेटिङ्सको रिपोर्टमा उल्लेख गरिएको छ । केयर रेटिङ्सका अनुसार कम्पनीलाई आइटी क्षेत्रमा प्रतिस्पर्दाका साथै प्राविधिक जोखिम पनि रहेको छ । 

कम्पनीले दस लाख रुपैयाँको दीर्घाकालीन कर्जा र ५ करोड ९८ करोड रुपैयाँको अल्पकालीन कर्जाको लागि रेटिङ गराएको छ । कम्पनीले दीर्घाकालीन कर्जाको लागि बी माइनस र अल्पकालीन कर्जाको लागि ए फोर रेटीङ पाएको छ । कम्पनीको अध्यक्षमा तुलबहादुर सिंह हरि रहेका छन् । 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)