ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

ओम्नी ग्रुपको ओबीसीआईको सञ्चालन नाफा दुई वर्षमा सवा अर्बबाट २१ करोडमा झर्‍यो

२०८० जेठ, २  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found

काठमाडौं । ओम्नी ग्रुप (Omni Group)को ओबीसीआई प्राइभेट लिमिटेडले वित्तीय वर्ष २०२२ मा २१ करोड सञ्चालन नाफा (Profit) गरेको छ । कम्पनीले वित्तीय वर्ष २०२० मा भने १ अर्ब २५ करोड रुपैयाँ सञ्चालन नाफा गरेको थियो । 

रेटिङ् कम्पनी केयर रेटिङ्स नेपालका अनुसार कम्पनीले वित्तीय वर्ष २०२१ मा ३० करोड रुपैयाँ सञ्चालन नाफा गरेको थियो । केयर रेटिङ्स अनुसार कम्पनीको सञ्चालन नाफा निरन्तर घट्दो क्रममा रहेको छ । वित्तीय वर्ष २०२० को तुलनामा कम्पनीको सञ्चालन नाफा २०२१ मा ७५.६१ प्रतिशत र २०२२ मा ८३.१६ प्रतिशतले घटेको हो । 

सन् २००६ मा स्थापित ओबीसीआई प्राइभेट लिमिटेडले आईटी क्षेत्रमा विभिन्न सेवा सुविधा दिनुका साथै मुलुकभर नै पाँचभन्दा बढी ब्रान्डका जेनेरेटर, यूपीएस, ब्याट्री, चिकित्सा उपकरणहरू लगायतका प्रडक्टहरू विक्री वितरण गर्दै आएको छ ।

मेडिकल उपकरणको माग कम भएसँगै कम्पनीको विक्री घटेको केयर रेटिङ्सको रिपोर्टमा उल्लेख गरिएको छ । केयर रेटिङ्सका अनुसार कम्पनीलाई आइटी क्षेत्रमा प्रतिस्पर्दाका साथै प्राविधिक जोखिम पनि रहेको छ । 

कम्पनीले १० लाख रुपैयाँको दीर्घकालीन कर्जा र ५ करोड ९८ करोड रुपैयाँको अल्पकालीन कर्जाको लागि रेटिङ गराएको छ । कम्पनीले दीर्घकालीन कर्जाको लागि बी माइनस र अल्पकालीन कर्जाको लागि ए फोर रेटीङ पाएको छ । कम्पनीको अध्यक्षमा तुलबहादुर सिंह हरि छन् ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)