ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Saurya cement (riddhi siddhi)

नेपाल रिपब्लिक मिडियाको आईपीओ वैदेशिक रोजगारीमा गएका नेपालीमा ९८ प्रतिशत बिक्यो 

२०८० जेठ, २  
लगानी
Jagdamba Supershine Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । नेपाल रिपब्लिक मिडिया लिमिटेडले वैदेशिक रोजगारीमा रहेका नेपालीमा विक्री खुला गरेको आईपीओ ९९ प्रतिशत विक्री भएको छ । सिडिएस एण्ड क्लियरिङ लिमिटेड (सीडीएससी) ले दिएको जानकारीअनुसार जेठ २ गतेसम्म १२ हजार ४८० नेपालीहरूले ४ लाख ३० हजार ८१० कित्ता आईपीओ खरीद माग गरेका हुन् ।

कम्पनीको जारी पूँजी रू. ९६ करोड ७५ लाखको ४४ दशमलव ९९ प्रतिशत आईपीओ विक्रीका लागि नियामक निकाय नेपाल धितोपत्र बोर्डले अनुमति दिएको थियो । यस आधारमा कम्पनीले प्रतिकित्ता रू. १०० अंकित मूल्यका रू. ४३ करोड ५३ लाख बराबरका ४३ लाख ५३ हजार कित्ता शेयर सर्वसाधारणमा विक्री गर्न अनुमति पाएको हो । 

सर्वसाधारणमा विक्री हुने कुल कित्ता शेयरमध्ये पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीमा १० प्रतिशत दरको ४ लाख ३५ हजार ३०० कित्ता शेयर विक्री खुला गरिएको हो ।

वैदेशिक रोजगारीमा रहेका नेपालीले जेठ १४ गतेसम्म आवेदन दिन सक्नेछन् । पहिलो चरणको आईपीओ विक्रीपछि कम्पनीले दोस्रो चरणको आईपीओ जेठ २६ गतेदेखि विक्री गर्नेछ । 

१० प्रतिशत शेयर वैदेशिक रोजगारीमा रहेका नेपालीमा विक्रीपछि बाँकी शेयरमध्ये पनि ४ प्रतिशतले हुन आउने १ लाख ७४ हजार १२० कित्ता शेयर कर्मचारीहरूका लागि र ५ प्रतिशतले हुन आउने २ लाख १७ हजार ६५० कित्ता शेयर सामूहिक लगानी कोषहरूका लागि छुट्याइएको छ ।  यीबाहेक बाँकी ३५ लाख २५ हजार ९३० कित्ता शेयर भने सार्वजनिक निष्कासनमा आउनेछ । 

दोस्रो चरणमा सार्वजनिक निष्कासनमा आउने शेयर जेठ ३० गतेसम्म विक्रीमा रहनेछ । उक्त अवधिभित्र मागबमोजिम आवेदन नपरेमा भने असार ८ गतेसम्म विक्री अवधि लम्बिनेछ । 

कम्पनीको आईपीओ खरीदका लागि न्यूनतम १० देखि अधिकतम ५०० कित्तासम्म माग गर्न सकिने व्यवस्था छ । कम्पनीको शेयर निष्कासन तथा बिक्री प्रबन्धकमा मेगा क्यापिटल मार्केट्स लिमिटेड रहेको छ ।

आईपीओ निष्कासनका लागि गराएको रेटिङमा इन्फोमेरिक्स क्रेडिट रेटिङ नेपालले कम्पनीलाई आईआरएन सिंगल बी प्लस इस्युअर रेटिङ प्रदान गरेको छ । यो रेटिङले कम्पनीको दायित्व वहन गर्ने क्षमतामा उच्च जोखिम रहेको संकेत गर्दछ । यस कम्पनीले २०६६ साल वैशाख ११ गतेदेखि नागरिक दैनिक र रिपब्लिका दैनिक पत्रिकाहरू प्रकाशन शुरू गरेको हो ।

हाल कम्पनीमा संस्थापकतर्फबाट चुक्ता भएको पूँजी ५३ करोड २२ लाख रहेको छ । गत आर्थिक वर्ष ०७८/७९ सम्मको वास्तविक वित्तीय विवरणअनुसार कम्पनी रू. ५१ करोडभन्दा बढी सञ्चित नोक्सानीमा रहेको छ । वास्तविक वित्तीय विवरणअनुसार कम्पनीको प्रतिशेयर नेटवर्थ रू. ८४ दशमलव ४७ रहेको छ ।

यही वास्तविक प्रतिशेयर नेटवर्थदेखि त्यसको तीन गुणासम्मको मूल्य रेञ्ज कम्पनीको आईपीओले दोस्रो बजारको पहिलो कारोबारका लागि प्राप्त गर्नेछ । कम्पनीको आईपीओले अधिकतम न्यूनतम प्रतिकित्ता रू. ८४ दशमलव ४७ देखि अधिकतम प्रतिकित्ता २५३ दशमलव ४१ सम्मको मूल्य रेञ्ज पाउने देखिन्छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Jagdamba SupershineSunrise BankNepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)