ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

रेशम चौधरीको जन्मकैद सजाय सर्वाेच्चले पनि गर्‍यो सदर

२०८० जेठ, २  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं ।  कैलालीको टीकापुर घटनामा संलग्न रहेको भन्दै उच्च अदालत, दिपायलबाट जन्मकैदको सजाय पाएका रेशमलाल चौधरीको सजाय सर्वाेच्च अदालतले पनि सदर गरेको छ । 

सर्वोच्चका न्यायाधीशद्वय आनन्दमोहन भट्टराई र नहकुल सुवेदीको संयुक्त इजलासले रेशमलाई दिइएको उक्त सजाय सदर गरेको हो । यससँगै रेशमलाई जन्मकैद हुने भएको छ ।  

उच्च अदालत, दिपायलको फैसलाअघि रेशमलाई जिल्ला अदालत, कैलालीले पनि जन्मकैदको सजाय सुनाएको थियो । 

सोही मुद्दामा सीताराम चौधरी र गंगाराम चौधरीले भने सफाइ पाएका छन् । यी दुवैजनालाई उच्च अदालत, दिपायलले जन्मकैद र ज्यान मार्ने उद्योगमा पाँच वर्ष कैद सजाय सुनाएको थियो । 

जिल्ला र उच्च अदालतको आदेशअनुसार उनीहरू जन्मकैद भुक्तानका लागि जेलमै रहेका थिए । उनीहरूलाई आजै थुनामुक्त गर्न सर्वोच्चले आदेश दिएको छ । 

थरुहट/थारुवान आन्दोलनका क्रममा २०७२ भदौ ७ गते टीकापुरमा भएको भिडन्तमा प्रहरी वरिष्ठ उपरीक्षक लक्ष्मण न्यौपाने सहितका ७ जना प्रहरी र एक नाबालकको ज्यान गएको थियो ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)