ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

न्यू बिज स्टार्टअप समिट एण्ड अवार्ड्सको तयारी पूरा, चार विधामा सम्मान गरिने

२०८० जेठ, ३  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । न्यू बिजनेश एजको आयोजनामा यही जेठ ५ गते हुन लागेको न्यूबिज स्टार्टअप समिट एण्ड अवार्ड्सको तयारी पूरा भएको छ । स्टार्टअपका लागि प्रशिक्षण कार्यक्रम यसअघि नै सम्पन्न भइसकेको छ । 

कार्यक्रममा सातै प्रदेशबाट आवेदन माग गरिएको थियो । देशभरका २ हजारभन्दा बढी स्टार्टअप उद्यमीले अवार्ड्स कार्यक्रममा सहभागिताका लागि आवेदन दिएका थिए । यस वर्षको समिट एण्ड अवार्ड्समा प्यानल डिस्कसनको थिम ‘टुवार्डस् स्टार्ट अप नेशन’ रहेको छ । 

यसवर्ष आठ स्टार्टअप कम्पनीलाई अवार्ड प्रदान गरिँदै छ । अवार्ड्स कार्यक्रमलाई सस्तोडिल डट कम, लक्ष्मी बैंक, शिखर इन्स्योरेन्स, रिगो, न्यू भी रोतो, नेक्सन ईभी, म्याक्स र सिटी एक्सप्रेसले सघाएका छन् । त्यस्तै नेपाल राष्ट्र बैंक, नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल बीमा प्राधिकरण, सिटिजन लाइफ इन्स्योरेन्स, नेशनल लाइफ इन्स्योरेन्स, नेपाली पात्रो र डिसहोम फाइबर नेटले पनि अवार्ड्स तथा सम्मान कार्यक्रमलाई सहयोग गरेका छन् । 

न्यू बिजनेश एजले विगतमा पनि विभिन्न अवार्ड कार्यक्रम गर्दै आएको छ । कम्पनीले सन् २०१३ देखि उत्कृष्ट व्यवस्थापन कलेज तथा कम्पनी छनोट गरी पुरस्कृत गर्दै आएको छ । सन् २०१९ देखि कम्पनीले महिला उद्यमीलाई सम्मान गर्दै आएको छ । कम्पनीले पछिल्लोपटक गत मङ्सिरमा न्यू बिज बिजनेश कनक्लेभ एन्ड अवार्ड्स कार्यक्रम आयोजना गरेको थियो । 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)