ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

सानिमा जिआईसी इन्स्योरेन्सको पाँचौं वार्षिक साधारण सभा जेठ ३२ मा, यी प्रस्ताव पारित हुने

२०८० जेठ, ३  
लगानी
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । सानिमा जिआईसी इन्स्योरेन्स लिमिटेडले पाँचौं वार्षिक साधारण सभा जेठ ३२ गते गर्ने भएको छ ।

जेठ २ गते बसेको सञ्चालक समिति बैठकले सभा अमृतभोग कालिकास्थान, काठमाडौंमा बिहान ११ बजे शुरू हुने जानकारी दिएको हो । सभाले आर्थिक वर्ष २०७८/७९ को वार्षिक प्रतिवेदनउपर छलफल गरी पारित गर्ने र २०७९/ ८० को लागि लेखापरीक्षकको नियुक्ति तथा निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।

सभाले कम्पनीको संस्थापक र सर्वसाधारण शेयरको अनुपातबमोजिम सञ्चालक समितिमा प्रतिनिधित्व हुने गरी सञ्चालक समितिको गठन गर्नका लागि कम्पनीको नियमावलीको नियमन ११ (क) संशोधन गर्ने विशेष प्रस्ताव पारित गर्ने भएको छ । त्यस्तै सभाले संस्थापक शेयरधनीका तर्फबाट तीन जना, सर्वसाधारण शेयरधनीका तर्फबाट तीन जना गरी ६ जना सञ्चालकको निर्वाचन गर्नेछ ।

साधारणसभा प्रयोजनका लागि कम्पनीले जेठ १२ गते बुक क्लोज गर्ने निणर्य गरेको छ । यसको आधारमा जेठ ११ गतेसम्म कायम शेयरधनीमात्र साधारण सभामा भाग लिन योग्य हुनेछन् ।

 सूचना हेर्न यहाँ क्लिक गर्नुहोस् 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)