ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Saurya cement (riddhi siddhi)

एकैदिन ११ सयले घट्यो सुनको मूल्य, कतिमा हुँदै छ कारोबार ? 

२०८० जेठ, ३  
बजार
Jagdamba Supershine Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । नेपाली बजारमा बुधवार सुनको मूल्य एकैदिन १ हजार १०० रूपैयाँले घटेको छ । अघिल्लो दिन सुन प्रतितोला १०० रूपैयाँले बढेको सुन आज भने घटेको हो । 

नेपाल सुनचाँदी व्यवसायी महासघंका अनुसार आज सुन तोलाको १ लाख १० हजार रुपैयाँमा कारोबार भएको छ । अघिल्लो दिन सुन १ लाख ११ हजार १०० रुपैयाँमा कारोबार भएको थियो ।  

त्यसैगरी, आज चाँदीको मूल्य पनि घटेको छ । महासघंका अनुसार आज चाँदी प्रतितोला ५ रुपैयाँले घटेर १ हजार ३७० रुपैयाँमा कायम भएको छ । अघिल्लो दिन चाँदी १ हजार ३७५ रुपैयाँमा कायम भएको थियो । 

अन्तरराष्ट्रिय बजारमा भने आज सुनको मूल्य बढ्दो क्रममा छ । आज (नेपाली समयअनुसार बिहान ११:१३ बजे) न्यूयोर्क मर्कन्टाइल एक्सचेन्जको कोमेक्स डिभिजनमा स्पट गोल्डको मूल्य प्रतिऔंस १ हजार ९९१ डलर पुगेको छ । अघिल्लो कारोबार दिन (मंगलवार) स्पट गोल्डको मूल्य प्रतिऔंस १ हजार ९८९ डलरमा बन्द भएको थियो ।

त्यसैगरी, आज डलरको मूल्य पनि घटेको छ । आज एक अमेरिकी डलरको (Dollar) विक्रीदर १३१ रूपैयाँ ८४ पैसा कायम भएको छ । अघिल्लो दिन‌ १ अमेरिकी डलर १३१ रूपैयाँ ९८ पैसामा कारोबार भएको थियो ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Jagdamba SupershineSunrise BankNepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)